क्यालिफोर्निया मा बन्दै गरेको ४५ फिट अग्लो नग्न महिलाको मुर्ति वाशिंगटन मोनुमेन्ट (स्मारक ) नजदिक राखिने भएको छ l डीसी स्थित नेसनल मल छेउ केहि समयको लागि राखिने भएको छ l
आर -इभोलुसन नामक मुर्ति क्यालिफोर्नियाको सन फ्रान्सिस्को बाट नोवेम्बर महिनामा ल्याईने छ l यसको लागि आयोजकले डीसी राष्ट्रिय पार्क सेवा ले अनुमति समेत दिएको छ l उक्त मुर्ति को मुख राष्ट्रपति भवन व्हाइट हाउस तर्फ फर्कने छ l
कलाकार मार्को कोचरान ले यस बाहेक अन्य दुई वटा मुर्ति नेभादा मा नियमित रुपमा पेश गर्ने गरेका छन् l उक्त प्रतिमामा एक महिला आफ्नो शक्ति तथा सामर्थ्यमा उभिएकी छिन् ,जसको माध्यम बाट उनले मानवता अभिव्यक्त गरि रहेकी छिन् l उनि सुरक्षित हुन्छिन भने कस्तो महसुस गर्छिन र जब उनि मात्र त्यहाँ हुन्छिन भन्ने कुरा मूर्ति राखें आयोजकले कोष वृद्धि गर्ने पन्नामा वर्णन गरेका छन् l
आयोजक भन्छन,मूर्ति को मतलव दर्शकलाई चुनौती दिनु हो भने महिला बिरुद्ध हुने हिँसाको अन्त्यको लागि मानिसलाई केहि काम र कारवाई गर्न उत्प्रेरणा गर्नु भनि युपीआईले समाचार लेखेको छ l यो बिशाल मुर्ति स्टिल छड बाट बनिएको छ भने यो मुर्ति क्यालिफोर्निया देखि डीसी सम्मको ढुवानी खर्च को लागि $ ९० हजार डलर राशी बराबर को अर्थ सङ्कलन गरि रहेका छन् l
यो मुर्ति नोवेम्बर ९ देखि नोवेम्बर १२ सम्म राखिने छ भने मार्च २०१८ सम्म यो मुर्ति रहने युपीआई ले लेखेको छ l
No comments:
Post a Comment