Monday, September 18, 2017

एनआरएनए सचिवमा डिबी क्षेत्रीको उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि सचिवमा मध्यपूर्व संयोजक डिबी क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।  एनआरएनए कतारको सातौ राष्ट्रिय महाधिबेशनलाई सम्बोधन गर्ने क्रममा क्षेत्रीले सन् २०१७–२०१९ कार्यकालका लागि सचिव पदमा औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएन ‘हजारे अभियान’का अभियन्ता तथा लामो समय देखि खाडी क्षेत्रमा कार्यरत क्षेत्री दुई कार्यकाल एनआरएन ओमानको अध्यक्ष भै सकेका छन् l  अहिले कर्मचारी संचय कोष र एनआरएनले संयुक्तरुपमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बचत गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको छ ।

क्षेत्रीले –‘मध्यपूर्वका आवाज र मुद्धाहरुलाई नेपालका उच्च निकाय तथा प्रधानमन्त्री समक्ष पु¥याउन र सम्बोधन पटक पटक गरेका छन् l क्षेत्रीले एनआरएनका सपना पुरा गराउन आफ्नो उम्मेदवारी भएको बताउँदै आफुले गरेको कामहरुलाई मुल्यांकन गर्दै एनआरएन अभियानमा लागेका साथीहरुले समर्थन को साथै सचिव पदमा जिताउन सहयोग गर्नु हुने छ भन्ने विश्वास लागेको बताएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...