Monday, September 18, 2017

डीसीमा हुने “कलिउड नाइटमा सुपर मम को बिशेष प्रस्तुती ” मन्तब्य ,सम्मान र पुरस्कार कार्यक्रम अर्को दिन गर्ने


“कलिउड नाइट २०१७”लाई ज्यादा व्यवसायिक ,सांस्कृतिक तथा मनोरंजनमय बनाउने उद्देस्यले उक्त दिन कुनै भाषण ,मन्तब्य ,सम्मान तथा पुरस्कार वितरण नगर्ने जानकारी आयोजकले ईनेप्लिजलाई दिएका छन l

डीसी महानगर क्षेत्रका नेपाली समुदायले साँस्कृतिक साँझ तथा मनोरंजन कार्यक्रममा भाषणबाजी ,सम्मान कार्यक्रम र मन्तब्यको साथै पुरस्कार ज्यादा समय आयोजकले व्यतित गर्ने भएकोले दर्शकहरुको चाहना अनुसार अर्को मितिमा गर्ने निधो गरेको छ l

आगामी अक्टोबर १४ तारिखका का दिन केसी डान्स सेन्टरका संचालक तथा युवा नृत्य निर्देशक नवीन केसी तथा कलाकार पुस्कर पन्तको पहलमा कलिउड नाइट हुने छ l केसी डान्स सेन्टरको यो पहिलो प्रस्तुति हो l

सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान )संस्थाले संचालन गरेको नेपालका दलित तथा शोषित बालबालिकाको छात्रवृत्तिको लागि सहयोग गर्ने छ l

“कलिउड नाइट २०१७” एनानडेल स्थित नोभा कम्युनिटी कलेजको प्रेक्षालयमा सगौरव प्रस्तुत गरिने छ l उक्त कार्यक्रममा नेपाली चलचित्र जगतका चर्चित कलाकार तथा स्थानीय प्रतिभाशाली कलाकारहरुको आकर्षक प्रस्तुतीका साथै पहिलो पटक स्थानीय “सुपर मम” को पनि प्रस्तुती रहनेछ |

उक्त कलिवुड रात्री कार्यक्रममा नायिका झरना थापा ,नायक जीवन लुइँटेल ,राज बल्लव कोइराला ,राम प्रसाद खनाल ,रतन सुबेदी ,अमृत लामा ,गोपाल फिस्टे ,मिनाक्षी बन्दना ,पुस्कर पन्त ,स्मृति पोख्रेल ,राजेश नाथ ,सुनिक्षा मैनाली तथा नृत्य निर्देशक द्वय नविन केसी र लुना श्रेष्ठको प्रस्तुति हुने छ l

यसको साथै नेपाल तारा का प्रथम बिजेता दिपक लिम्बु को पनि प्रस्तुति हुने भएको जानकारी आयोजक नविन केसीले दिएका छन् l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...