Monday, September 18, 2017

सञ्चार मन्त्रालयको प्रेस सल्लाहकारमा खड्का

काठमाडौँ, २ असोज (रासस)ः सूचना तथा सञ्चार मन्त्रालयको प्रेस सल्लाहकारमा सिन्धुपाल्चोकका सिबी खड्का नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उहाँलाई सो पदमा नियुक्त गरेको हो । सिन्धुपाल्चोक, साविक कालिका गाविसमा २०३२ सालमा जन्मनुभएका खड्का २० वर्षदेखि नेपालको पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

‘तरुण’ साप्ताहिक, ‘गतिविधि’ साप्ताहिकलगायतमा संलग्न खड्काले यसअघि ऊर्जा, भौतिक तथा पूर्वाधार एवं सहरी विकास मन्त्रायमा समेत सञ्चार सल्लाहकारका रुपमा कार्यसम्पादन गरिसक्नुभएको छ । उहाँ समाजशास्त्र विषयमा स्नातकोत्तर हुनुहुन्छ ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...