Monday, September 18, 2017

अनुभूतिको अभिलाषा

हाम्रो जस्तो विद्यमान पुरुष प्रधान समाजमा नारीले गरेका कामहरुको सम्मान नर्गन सक्छन । तर, उनको यो कविता संगालो पढ्ने हो भने नारी पनि पुरुष भन्दा कम छैनन् भन्ने सन्देश दिएको छ । आफुभित्र रहेको क्षमता, प्रतिभा र पीडालाई कसरी नारीहुरुले गुम्साएर राखेका हुन्छ ? भन्ने सहझै यो कविताबाट बुझन सकिन्छ । अरुको बारेमा कलम चलाउनु भन्दा आफ्नो बारेमा कलम चलाउनु महान हो भन्ने बुझ्दछन । भनिन्छ ‘कुनै पनि मानिसले आफु भित्र रहेको पीडालाई बाहिर ल्याउन सक्यो भने उनसको मन हलुका हुन्छ ।’ लेखिकाले पनि सहित्य सृजना मार्फत ‘म भित्रको मान्छे तिमी’ नामक कविता संगालोबाट आफु मित्र गुम्सिएर रहेका वेदनाहरुलाई बाहिर प्रकट गरेकी छन । वि.स. २०७३ फागुन महिनामा प्रकाशित संगालो आफैमा एक अनुभविपत्र बनेकी छन । यसमा आफुले गर्न खोजेको सत्प्रयासको फोटाहरु समावेश गरिएको छ । पढ्दा प्रगतिशील छ भने सुरुवातीबाटै आफ्ना भोगाईलाई कविता माफत प्रकट गरिएको छ । जव आफुभित्र भएको क्षमतालाई प्रस्फुटन गर्न सक्दैन भने जीवनमा केही गर्न पनि सक्दैन । यस्तै सुगिता शाह (धिताल) को ‘मन भित्रको मान्छे तिमी’ भन्ने विताव प्रकाशन हो ।
दिनको सूर्य रातको चन्द्र डुवेझै लाग्दछ ।
बसन्त पनि शिशिर जस्तो मलाई लाग्दछ ।।
मिलनका यादरुपी अक्षर रोपी बस्दछु सम्झेर ।
ए जीवन साथि मलाई छोडर गयौ रित्तीयो संसार ।।
यी माथिका पंक्तिले लेखिका आफैमा एक्लि र पीडित भएको बुझिन्छ । संगै बाच्ने सँगै मर्ने कसम खाएर दुईमुटु एक धकन भएका जीवनसाथि सदाको लागि छुट्टिन पुगेका छन । दैवले लेखिकाको सवै खुसी लुटेर लिएको छ । यो संगालोमा नारीको सामाजिक पहिचान देखाउन खोजिएको छ । सिउँदोको सिदुर पखालिदा विछिप्त भएको समयमा आफ्ना मनमा खेलेका कुराहरुलाई साहित्यको माध्यमबाट बाहिर ल्याएकी छन । कतिपय मनमा लागेका कुराहरु भन्दा हाम्रो समाजले नपचाउने भएकाले एउटा लेखकको माध्यमबाट फदाफाँस गरिएको छ । यो संगालो पढ्दा भावुक बनाउछ । संसारमा सवै नष्ट हुन्छन मात्र एउटा प्रेम बाँकी रहन्छ । त्यहि प्रेमको वियोगलाई खुसीमा परिणत गरिएको छ । समाजमा सिधुर पुछिएको नारीलाई हेर्ने दृष्टिमा लेखिका घोर आपत्ति छ । समाजमा रहेका विकृति विसंगतिलाई हटाउन यो खोजिएको छ । कविताको संगालोमा पहिला आफुमा भएको पीडा र वेदनालाई बाहिर ल्याएकि छन । आफु एउटा नारी भएर पराईको घरमा गएपछि जीवनको सवैभन्दा खुसीको क्षण हुन्छ । त्यो क्षणलाई जीवनमा सधै भरी आदान प्रदान गरी खुसी परिवार बनाउला भन्ने योजना हुन्छ, अन्तत केही वर्ष पछि आफ्नो जीवन साथि लेखिकालाई यो संसारमा एक्लै छोडि आफु धर्तीबाट विदा हुन्छ । उनको एउटा चिनोको रुपमा एउटी लक्ष्मीलाई छोडेका हुन्छन । ती लक्ष्मी दिन प्रतिदिन बढ्दै जान्छिन । र घरपरिवार सवैको बारेमा बुझ्न खोज्दा एउटै शब्दले उनको मन बहकिएको हुन्छ । त्यसपछि ती शब्दहरु कविता बन्छन । अनुभूति भनेको पूरा अनुभव ज्ञान मनस्थितिको सीमामा घुसिसकको मानसिक अनुभव परिज्ञान हो भने मन भनेको चित्त मानस दिल हृदय वा अभिलाषा भन्ने बुझिन्छ । यी दुवै अर्थलाई समावेश हुने गरी लेखिएको छ । ‘मन भित्रको मान्छे तिमी’ यो किताव अध्ययन गर्दा अरुलाई भन्दा आफै भित्र भएको काथा वेथालाई समावेश गरिएको छ । त्यसैले यो ‘अनुभूतिको अभिलाषा’ भनिएको छ । कविता संग्रहमा आफ्नो जीवन साथिले छोडि गएको, शिरको सिन्दुर भेटिएको, जवानीले छोएको जीवन, कुदृष्टि, तित्तो घर, बाबु आमा प्रति छोराछोरीको कर्तब्य, कुनै नयाँ काम गर्ने, जीवनमा सवै भन्दा ठूलो खुसी भेटिएको, आफु जन्मिएको ठाउँ, समाजमा रहेको कुप्रथा, आफु एक साहासी नारी भएका कारण आफ्नो विद्यालयमा पढ्ने विद्यार्थी लगाएत अन्तत ः राष्ट्रिप्रतिवफादार रहि सधै न्याय र सत्यको विजय हुन आवश्यक छ भन्दै ६० पृष्ठमा प्रकाशित कविता संगालोको समाप्त गरिएको छ । ओहमता र घण्डले उनीहरुलाई यति उचाई सम्म पु¥याईदिएको हुन्छ । जसको कुनै सीमा हुन्न । अरु केही गर्न नसकेपनि आफुले भोगेका र देखेका कुरा लेख्न त सक्छन ? तर काम भन्दा कुरा धेरै गर्ने बानिको विकास भएको हुनाले काम कम कुरा धेरै गर्ने गर्दछन । यतिमात्र हैन घरपरिवार, समाज र राष्ट्रलाई नै एउटा सुन्दर, सभ्य, शान्त र समृद्ध बनाउनमा जोड दिएकी छन । हाम्रो जस्तो चार वर्ण छत्तीस जातको फुलबारीलाई खलबल्याउन नहुन सन्देश दिएकी छन । बसैले उनको यो कविता संगालो धेरै जस्तो स्व. दशरथ धिताललाई समर्पण गरिएर लेखिएको छ । ती जनाको फोटा राखि ‘मेरो सानो संसार’ लेखि यो कविता संगालो अन्त्य गरिएको छ ।

 

लेखक नेपाल पत्रका र महासंघ दैलेख शाखाका कोषाध्यक्ष र दैलेखपत्र दैनिका प्रकाशक हुन ।
सम्पर्क नम्बर :

+9779812553618

+9779748082068

+9779844812361

+977089410101

इमेल :

[email protected]

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...