Monday, September 18, 2017

मानव स्वास्थ्यसँग सम्बन्धित वस्तुको अनुगमन

पोखरा, २ असोज (रासस) ः रुपा गाउँपालिका कार्यालय कास्कीले गाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्य र त्यससँग सम्बन्धित विविध वस्तुको आइतबार अनुगमन गरेको छ ।

कार्यालयले स्वास्थ्य संस्था, विद्यालयका साथै मानिसले उपयोग गर्ने औषधिजन्य वस्तु, खाद्यान्न आदिको सम्बन्धित विषय सम्बद्ध प्राविधिकको उपस्थितिमा अनुगमन गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छुट्टछुट्टै दुई समूहमार्पmत गाउँपालिकाका वडा नं ३, ४, ५ र ७ का मुख्य बजार देउराली, गैरापोखरी, पोल्याङ, रामदी, रामपुर र पिप्लेका १२० वटा पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका विभिन्न कम्पनीका बिस्कुट, सुजी, खानेतेल, गुल्कोज लगायतका सामग्री म्याद सकिएका पाइएको उहाँले बताउनुभयो ।

त्यस्तै साँझ ५ः०० देखि ९ः०० बजेसम्म बाहेक अन्य समयमा मदिरा बिक्री वितरणमा पनि रोक लगाइएको छ । अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य, पशु स्वास्थ्य, कृषि क्षेत्रका प्राविधिक सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...