Wednesday, September 20, 2017

समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा लागु गरिनुपर्छ ः नेता पौडेल

ललितपुर, ४ असोज ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा लेखिएका समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा लागु गरिनुपर्ने बताउनुभएको छ । 

नेपाल आदिवासी जनजाति संघद्वारा आज यहाँ आयोजित ‘संविधानमा आदिवासी जनजातिको हक, अधिकार र नेपाली काँग्रेसमा जनजातिको भविष्य’ विषयक गोष्ठीमा उहाँले उत्पीडित वर्गलाई समावेश गरेर माथि उठाउने सिद्धान्त काँग्रेसले मात्र अवलम्बन गरेको दाबी गर्नुभयो । 

जनजाति वर्गको उत्थानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ थियो । 

उहाँले देशलाई आर्थिक रुपले सवल बनाउन कृषि क्रान्ति गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । 
समावेशीको सिद्धान्तलाई व्यवहारमा ल्याउन संसदीय प्रणाली नै उचित रहेको नेता पौडेलको भनाइ थियो । 

नेपाली काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले समावेशी र समानुपातिक प्रणाली राज्यको हरेक निकाय तथा पार्टीको सबै तह र तप्कामा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । 

संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको उत्थानका लागि पार्टी र राज्यले समावेशीको सिद्धान्तलाई मजबूत किसिमले लागु गरिनुपर्नेमा जोड दिनुभयो । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...