कलाकार धुर्मुस र सुन्तलीले रौतहटमा चौथो नमूना वस्तीको शिलान्यास गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा एकीकृत नमूना सन्तपुर बस्तीको दुवै कलाकारहरुले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
५ करोड ७५ लाखको लगानीमा ४५ वटा आवासीय घर निर्माण हुने बस्ती बाढी र भूकम्पबाट पूर्ण रुपमा जोगाउने किसिमको आधुनिक र बलियो हुने बताइएको छ । कलाकार सिताराम कटेल धुर्मुसको जन्म दिनको अवसर पारेर शिलान्यास गरिएको बस्तीमा मुसहर, दुसाध र हजाम जातको बाहुल्य हुने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । हरेक घरमा धारा, शौचालय लगायतका सुविधा सम्पन्न चार कोठाको दुई तले ४५ वटा घर, एउटा मन्दिर, सार्वजनिक शौचालय, सामुदायिक धारा, एउटा सामुदायिक भवन र भ्यु टावर निर्माण गरिने बस्ती २४ माघ २०७४ का दिन बिहान ९ बजे दलितहरुलाई हस्तान्तरण गर्ने फाउन्डेसनका संस्थापक धुर्मुस सुन्तलीले बताएका छन् ।
बस्ती १३ कट्ठ जमिनमा निर्माण हुन लागेको धुर्मुसले जानकारी गराएका छन् । धुर्मुस सुन्तली फाउन्डेसन संस्थापकद्वय धुर्मुस सुन्तलीको संयुक्त अध्यक्षतामा भएको शिलान्यास समारोहको प्रमुख आतिथ्य दलित बस्तीकी १०४ वर्षीया रमकलिया देवी दुसाधिनले गरेको कलाकार सुन्तलीले जानकारी गराएकी छन् ।
No comments:
Post a Comment