Sunday, September 17, 2017

“हे मार्केट दिवस २०१७” मा नेपाली समुदायको उल्लेख्य सहभागिता, नेपालको झन्डा फरफरायो

गत सेप्टेम्बर १६ तारिख अमेरिकाको भर्जिनियाको मनासस शहर नजिक रहेको हेमार्केट शहरमा भएको “हे मार्केट दिवस २०१७”मा नेपाली समुदायको उल्लेख्य तथा उत्कृष्ट सहभागिता रहेको छ l यसको साथै नेपालको झन्डा फरफराएको छ l

भर्जिनिया को मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाजले सक्रिय रुपमा सहभागिता जनाउदै वरपरका समुदाय लाई समेत परिचालन गर्दै उक्त दिवसमा नेपालको झझल्को गराउन सफल भएको छ l

यस पटकको झाँकी प्रदर्शनमा अमेरिका नेपाल सहयोगी समाजले नेपालको पहिचान झल्काउने भेषभुषा तथा पहिरन नलगाई संस्थाको आफ्नै नाम लेखेको सेतो कमीज लगाएर उपस्थिति जनायो l

कार्यक्रम बिहान ९ :३० बजे देखि परेड(झाँकी प्रदर्शन ) सुरु भएको थियो l उक्त दिवसमा अमेरिकामा बसोबास गर्ने विभिन्न देशका बिबिध थरिका झाकी तथा आफ्ना देशका पोशाक सहित हजारौ को संख्यामा सहभागीहरु रहेका थिए l

उक्त कार्यक्रममा अमेरिकामा जन्मेका तथा दोश्रो पिढीका अमेरिका नेपाल सहयोगी समाजको युवायुवतीहरुको पनि त्यतिकै रुपमा सक्रिय सहभागिता रहेको थियो l अमेरिका नेपाल सहयोगी समाजले यस पटक पनि उत्तिकै रुपमा सहभागिता जनाएको थियो भने यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ l कार्यक्रममा व्यवसायी ,उधमी ,विशिष्ट व्यक्तित्वहरु ,राजनैतिक दलका नेताहरु ,सरकारी पदाधिकारीहरुको सहभागिता सहभागिता रहेको थियो l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...