Thursday, September 28, 2017

बस दुर्घटनामा १३ जना यात्रु घाइते

दमौली(तनहुँ), १२ असोज : तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ढावमा एक यात्रुबाहक बस आज दिउसो दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट स्याङ्जा जाँदै गरेको ना ५ ख ९१४० न.को बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएको हुन् ।

घाइतेमध्ये गम्भीर रहेका काठमाडौँ महानगरपालिका–२६ का ६४ वर्षीय शंकर मल्ललाई डुम्रेको लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्य सामान्य अवस्थाका १२ घाइतेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...