Thursday, September 28, 2017

दशैंको प्रभावः सुनसान बन्यो काठमाडौँ

काठमाडौँ, १२ असोज: बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन पातलो देखिएको छ ।

सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल पनि खासै छैन । सार्वजनिक सवारी कम चल्दा यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्थ्यो । प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख पुगेको थियो भने त्यो क्रम टीकाको दिनसम्म रहनेछ ।

काठमाडौँको मुटु मानिने असन, इन्द्रचोक र भोटाहिटी क्षेत्रमा भने किनमेल गर्नेको घुइँचो घटेको छैन । मांशहारीका लागि खसी बोका, कुखुरा, हाँस आदि खरिदका लागि आज बिहान प्रदर्शनीमार्ग र विभिन्न चोक तथा मासु पसलमा भीड देखिन्थ्यो । सहरका मुख्य बजारका पसल पनि बन्द प्रायः छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...