Wednesday, September 13, 2017

अर्बपति बिनोद चौधरीले दिएको बुद्धको मुर्तिको प्राण प्रतिष्ठा समारोह मेरिल्याण्ड नेपाली मन्दिरमा गरिने

नेपाल का एक मात्र अर्बपति बिनोद चौधरीले अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई दिएको बुद्धको प्रतिमा को प्राण प्रतिष्ठा समारोह आगामी सेप्टेम्बर १६ आइतबारका दिन गरिने भएको छ l

उक्त प्राण प्रतिष्ठा समारोहमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की हुनु हुनेछ भने विशिष्ट अतिथिमा बिनोद कुमार चौधरी कि धर्मपत्नी सारिका चौधरी हुनु हुने भएको छ l

नयाँ बर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको बुद्धको मुर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई दिएका हुन् l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र तथा पशुपति बुद्ध मन्दिरमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण समेत गरिएको छ l लुम्बिनी बगैचाको परिकल्पनाकार महाबाणिज्य दुत तथा वरिष्ठ लोक गायक प्रेम राजा महत हुन् l र उक्त बुद्धको प्रतिमाको अनावरण पछि सार्बजनिक गरिने छ l

यो अद्वितीय कार्यको पहल मेरिल्याण्ड तथा पेन्सिल्भानिया का लागि नेपाल सरकारका महा बाणिज्य दूत प्रेम राजा महतले गरेका हुन् l यो अवस्था सम्म ल्याई पुर्याउन एनईसीसीका सभापति खिलेन्द्र न्यौपाने तथा उनका समुहको ठुलो हात रहेको छ l

यसै गरि लुम्बिनी बगैचा बनाउने जिम्मेबारी परम्परागत बौद्ध धर्म संघ तथा समाज सेवी राम मालाकारको अगुवाईमा भएको हो भने त्यसको संरक्षण तथा सम्बर्धन पनि यसैले गर्नेछ l

पशुपति बुद्ध मन्दिरलाई धार्मिक स्थल को साथै पर्यटकीय स्थलको रुपमा विकास गराउने लक्ष्य समेत रहेको छ l यसको साथै तामांग समाज वाशिंगटन डीसीको ठुलो सहयोग रहेको जानकारी एनईसीसीका सभापति न्यौपानेले दिएका छन् l

यो लुम्बिनी बगैचाको लागि डीसी महानगरमा बसोबास गर्ने समाज सेवी प्रभा भट्टराई देउजाले अमेरिका नेपाल सोसाइटी को तर्फ बाट वाटर फाउनटेन ” पानी फोहरा “निर्माण गर्ने पहल तथा सवै संघ/संस्थालाई आबद्ध राउने समेत जिम्मेबार लिएकी छिन् l देउजाले काम सुरु गरि सकेकी छिन् भने आगामी आइतबार सेप्टेम्बर १७ तारिख मध्यान्ह १२ बजे पछि हुने ऐतिहासिक समारोहमा डीसी महानगर क्षेत्रका सवैलाई आमन्त्रण गरिएको छ l

यो ठुलो चाड पर्व र अवसर भएकोले उपस्थित भै समारोहको शोभा बढाई दिनु हुन् अनुरोध सभापति न्यौपानेले यसै मार्फत गरेका छन् l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...