Wednesday, September 13, 2017

ललितपुरको मैदानबाट प्रतापले दिए निशान र बुद्धलाई खुल्ला चुनौती(हेर्नुहोस भिडियो)

एपीवान टेलिभिजनबाट प्रशारित रियालिटी शो ‘नेपाल आइडल’को उत्कृष्ट तीनमा पर्न सफल निशान भट्टराईको स्वागतमा गृह जिल्ला मोरङमा जनसागर उर्लिएको छ। मंगलबार दिउँसो विराटनगर विमानस्थलमा निशान पुग्दा हजारौंको संख्यामा समर्थक निशानको स्वागतका लागि पुगेका थिए। उत्साहका साथ विराटनगर विमानबाट निशान पुग्दा हजारौँ समर्थक विमानस्थल पुगेका थिए।

उता बुद्ध लामालाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको हो।उनी नेपाल आइडलको टप थ्रीभित्र पर्न सफल भएपछि पोखरेली युवा र संगीत प्रेमी उत्साहित छन्।आफ्नो प्यारा गायक बुद्ध लामा पोखरा आउने भएपछि मंगलबार बिहानैदेखि उनका फ्यान र बुद्ध लामा जिताऔं अभियानको टोली पोखरा विमानस्थल पुगेको थियो.बुद्ध लामाको हकमा भने हिजो अरू प्रतिस्पर्धाको तुलनामा समर्थक कम देखिन्थे.उनलाई विमानस्थलमा स्वागत गर्ने पुग्ने उनका गुरुहरु केहि साथी भाई त धेरै पत्रकारनै थिए ।

उनको भनेको कन्सट पनि जनप्रिय बहुमुखी क्याम्पसको अगाडी भएको थियो जहाँ आम सर्वसाधारण भन्दा पनि खाजा खान बाहिर निस्कीएका बिदार्थी थिए.उक्त कुरा तपाइँ भिडियोमा पनि हेर्न सक्नु हुन्छ.यसले के देखाउछ भने बुद्ध लामाको गलामा क्रेज केहि कम छ भन्ने पनि देखाउछ भने कार्यक्रमको प्रचारप्रसारमा पनि फितलो देखिएको छ ।

आजमात्र प्रताप दासले ललितपुरमा धुलो उडाएका छन्.दुई प्रतिस्पर्धाको कार्यक्रम हिजोनै भएको थियो भने उनको आज गरिएको छ.ललितपुरको मैदानबाट प्रतापले दिए निशान र बुद्धलाई खुल्ला चुनौती दिएका छन आफ्नो प्रस्तुतिबाट.यसरी फिनाली नजिकिँदै गर्दा अहिले रहेको नतिजामा केहि फेरबदल आउने देखिन्छ.हेर्नुहोस भिडियो यसकारण नतिजामा केहि फेरबदल आउन सक्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...