सुर्यविनायक नगरपालिका सुर्यविनायक चोकमा बिद्युत प्रसारण लाइनको ट्रान्समिटर नजिकै वर्ल्डलिङ्क कम्युनिकेसनको इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लागेपछि एक जना सख्त घाइते भएका छन्। नयाँ इन्टरनेट जडान गर्ने क्रममा बिद्युत तार छोएपछि करेन्ट शर्ट भएर ठुलो आवाज सहित बत्ति पड्केको थियो।
माकुराको जालो भन्दा पनि गन्जगोल तार हरु अस्तव्यस्त तरीकाले बिद्युत पोलमा झुन्ड्याउनाले दिनहुँ जसो यस्तो दुर्घटना हुने गरेता पनि सम्बन्धित निकाए भने मौन नै रहेको छ। केहि हप्ता अगाडी मात्र पोखरामा बिद्युतको तार चुडिएपछि एकजनाको झन्डै ज्यानै जानेगरी दुर्घटना भएको थियो।
घाइते लाई उपचारका लागी प्रहरीले आफ्नै भ्यानमा तुरुन्तै हस्पिटल लिएर गएको छ। इन्टरनेट सेवाप्रदायक कम्पनी, टेलिकम, केवल सेवा प्रदायक कम्पनी र बिद्युत प्राधिकरणले यो अस्तब्यस्त तारको सम्बन्धमा छिट्टै कुनै निचोड ननिकाले यस्ता खाले दुर्घटनाले कैयौले ज्यान अझै गुमाउने छन्।
लाइभ फुटेज हेर्नुस:
No comments:
Post a Comment