Friday, September 8, 2017

नेपाल र चीनविचको पुल बन्दै आधुनिक नेपालकी भृकुटी [ हेर्नुहोस भिडियो ]

नेपाल चीन र भारतविच रहेको एक भू-परिबेष्ठित मुलुक हो । यी दुई छिमेकी मुलुकमध्ये भारतसँग नेपालको मिल्दोजुलो संस्कृति रहेको कारण बालक देखि बृद्धसम्म भारतीय भाषा र संस्कृतिसँग परिचित छन। छिमेकि मुलुक चीनसँगको एतिहासिक सम्बन्ध राम्रो भएपनि चिनियाँ भाषा र संस्कृतिसँग भने नेपालीहरु राम्रोसँग परिचित छैनन् ।

पछिल्लो समयमा केहि बिद्यालयहरुमा चिनियाँ भाषा र संस्कृति पनि पठनपाठन सुरु गरिएको छ । भक्तपुरको माउन्ट भिउ सेकेण्डरी बोर्डिंग स्कुलमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थी प्रषना महत बिगत लामो समयदेखि चिनियाँ भाषा र संस्कृतिसँग परिचित हुदै आएकी छिन । चीनमा हुने एक कला र संस्कृतिसम्बन्धि कार्यक्रममा नेपालको प्रतिनिधित्व हुने गरि नेपाली भेषभूसामा उनी सहभागी हुदै छिन। जसमा उनी नेपाल र चीनको एतिहासिक र पारस्परिक सम्बन्धको बारेमा अभिव्यक्ति दिदै छिन ।

हेर्नुहोस चिनियाँ भाषा र संस्कृतिको बारेमा पढ्दै आएका ३ जना विद्यार्थीसँग गरेको कुराकानी भिडियोमा:

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...