Friday, September 1, 2017

विएण्डसी अस्पतालले ग-यो महिलाको उद्धार

सुरुङ्गा (झापा), १६ भदौ । उपचार गराएको खर्च अस्पताललाई तिर्न नसकेर २१ दिनदेखि झापाको एक सामुदायिक अस्पतालको वेडमा छटपटाइरहेकी सम्झना सुनुवारको अर्काे अस्पतालले खर्च व्यहोरेको छ ।

अर्जुनधारा नगरपालिका–९ कालिस्थानकी सुनुवारले बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालमा २० दिनअघि पाठेघरमा पलाएको ट्युमरको शल्यक्रिया गराउनुभएको थियो । शल्यक्रिया गर्दा लाग्ने रकम तिर्न नसक्दा उहाँ २१ दिनदेखि अस्पतालको वेडमा हुनुहुन्थ्यो ।

उपचार पाएर पनि अन्य बिरामीसरह अस्पतालमा बसेको थाहा पाएर बिर्तामोडकै अर्काे बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उहाँको उपचारमा लागेको सम्पूर्ण खर्च व्यहोर्दै सुनुवारलाई आज घर फर्काउनुभएको छ ।

मनमोहन अस्पतालले उनको उपचारका लागि लागेको खर्च रु ९८ हजार ५२७ जम्मा गर्न भनेपछि उहाँले सो रकम जम्मा गर्न सक्नुभएको थिएन । स्थानीय सञ्चारमाध्ययममा उहाँको विषयमा समाचार प्रशारण÷प्रकाशन भएपछि बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले उहाँका पति पोस्टबहादुर दिगर्चालाई आज सो रकम बराबरको चेक प्रदान गर्दै सुनुवारलाई घर फर्काउनुभएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...