Thursday, September 14, 2017

सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री

काठमाडौँ, २९ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ ।

कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को आज यहाँ उद्घाटन गर्दै उहाँले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“अबको एक महिनाभित्र सूचना प्रविधिको विकासका लागि नयाँ कार्ययोजना ल्याउँदै छौँ,” उहाँले भन्नुभयो – “अहिले म सूचना प्रविधिको विकासका लागि गहन अध्ययनमा रहेको छु ।’’

मन्त्री बस्नेतले प्रविधिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै त्यसका लागि योजना ल्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ कानून बनाएर हुन्छ कि संशोधन गरेर हुन्छ नेपाललाई ‘डिजिटल’ युगमा लानुपर्छ ।”

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्मा र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना प्रविधि क्षेत्रमा विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

भृकुटीमण्डपमा शुरु भएको क्यान कमटेक आउँदो असोज १ गतेसम्म सञ्चालन हुनेछ । सूचना प्रविधि क्षेत्रमा आएका पछिल्ला विकासबारे जानकारी गराउन कमटेक आयोजना गरिएको क्यानका कार्यबाहक अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिनुभयो ।

कमटेकमा सूचना प्रविधिसँग सम्बन्धित करिब ९० कक्ष रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...