Thursday, September 14, 2017

मधेशको मुद्दा हल हुनुपर्छ ः संयोजक डा भट्टराई

राजविराज (सप्तरी), २९ भदौ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मधेशको मुद्दा समाधानका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको नमूनाअनुसार प्रदेशको सीमांकन गरिनुपर्नेमा जोड दिनुभएकोे छ ।

उहाँले मधेशमा राजनीतिक स्थायित्वका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगसँगै लैजानुपर्ने पनि बताउनुभयो ।

आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि यहाँ आइपुग्नुभएका भट्टराईले आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा सो कुरा बताउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य भएकाले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्या समाधान गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको हो भन्नुभयो ।

“अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन”, उहाँले भन्नुभयो, “अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवद्र्धन गर्नुपर्छ ।”

नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको र पुरानै पार्टी सत्तामा फर्किन सक्ने सम्भावनाको आँकलन गर्दै नयाँ शक्तिले आन्तरिकरुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्यरुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्नेमा संयोजक भटृराईले जोड दिनुभयो ।

आजै सो पार्टीले बिहान राजविराज नगरपालिकाको वडा नं ७ मा पैदलयात्रासहित घरदैलो कार्यक्रम गरेको थियो ।

कार्यक्रममा संयोजक भट्टराई, कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोही, राजविराज नगरपालिका प्रमुख पदका उम्मेदवार मीना ठाकुर, उपप्रमुख पदका उम्मेदवार अनन्नलाल साह (आनन्द), कृष्णकुमार गुप्ता, शैलेन्द्रकुमार झा, सूर्यनारायण मण्डललगायतका अभियन्ताको सहभागिता थियो ।

घरदैलोपश्चात् संयोजक भट्टराईले राजविराजको गजेन्द्र चोकस्थित मधेशका चर्चित नेता स्व गजेन्द्रनारायण सिंहको सालिकमा माल्यार्पण गर्नुभयो ।

त्यस्तै बुधबार संयोजक भट्टराईसहित नयाँ शक्ति पार्टी संसदीय दलका नेता गंगा चौधरी, सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धर, कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोहीलगायतको टोलीले सप्तरीको खडक नगरपालिका, कृष्णसावरन गाउँपालिका एवं छिन्नमस्ता गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts