युएस नीति अनुसन्धान केन्द्रको दोश्रो बार्षिक सम्मेलन सुरु डीसी महानगर को भर्जिनियामा सुरु भएको छ l कार्यक्रममा संस्थाका अध्यक्ष अमोद कुमार पोख्रेल(बिद्या वारिधि )ले स्वागत गर्दै संस्थाको बारेमा चर्चा गरेका थिए l
सदस्य सचिव अर्जुन बन्जाडे (बिद्या वारिधि )ले संस्थाको बारेमा चर्चा गर्दै सन् २०१३ देखि संस्था कसरि जन्मियो ,यसको अवधारण तथा अन्य जानकारी गराएका थिए l आज २२ वटा कार्यपत्र प्रस्तुति हुने र गत बर्ष सिकागोमा भएको सम्मेलनमा १७ वटा कार्यपत्र प्रस्तुति गरेको जानकारी अर्जुन बन्जाडे(बिद्या वारिधि) दिएका थिए l
कार्यक्रम को सुरुवात परिचय बाट सुरु गरिएको थियो l औपचारिक कार्यक्रम तथा भाषण कार्यक्रम नराखी कार्यक्रम संचालन गरिएको थियो l युएस एनपीआरसी का सदस्य तथा भर्जिनिया निवासी देश राज संयोक(बिद्या वारिधि) ले धन्यवाद ज्ञापन गरेका थिए l सम्मेलनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट कार्यपत्र प्रस्तुति गर्न को साथै सहभागी हुन् आएका थिए l
No comments:
Post a Comment