अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पका स्वास्थ्य तथा मानव सेवा बिभागका सचिव टम प्राइस ले राजिनामा दिएको खबर छ l उनले आफ्नो भ्रमण गर्ने शिलशिलामा निजि हवाई जहाज आरक्षित गरि सरकारी कोषको दुरुप्रयोग गरेको आरोप चर्के पछि उनले शुक्रबार राजिनामा दिएको सिएनएन ले लेखेको छ
उनलाई यस विषयमा अत्यधिक दबाब परेको थियो भने आफुले केहि रकम भुक्तानी पनि गर्ने बताएका थिए l स्मरण रहोस यिनै टम प्राइसले ओबामा राष्ट्रपति हुदा सरकारले अत्यधिक हवाई जहाजमा खर्च गरेको बिषयलाई लिएर ठुलो मुद्धा बनाएका थिए l
उनले हाल बारम्बार सरकारी कामकाजको लागि निजि बिमान आरक्षित गरि भ्रमण गरेका थिए l उनले राजिनामा राष्ट्रपति ट्रम्प लाई दिएको सीएनएन ले लेखेको छ l प्राईसले अहिले सम्म २६ पटक निजि बिमान प्रयोग गरेको पाईएको छ भने उनले युरोप र अफ्रीका को भ्रमणमा पनि प्रयोग गरेका थिए भनि पोलोटिको ले झन्डै १० लाख डलर खर्च गरेको उल्लेख गरेको छ l
गत बिहिबार उनले खेद प्रकट गरि सकेका छन् भने उनले छोटो दुरीको भ्रमण वाशिंगटन डीसी बाट फिलाडेल्फिया जाँदा पनि निजि बिमान प्रयोग गरेका थिए l
राष्ट्रपति ट्रम्पले आज साँझ सम्म केहि कुराको निर्णय गर्ने भन्दै उनको प्रशंसा पनि गरेका थिए l तर यसै बिच प्राइसले राजिनामा दिएको चर्चा परिचर्चा व्यापक फैलिएको छ l
No comments:
Post a Comment