Friday, September 29, 2017

मनमा ला’को कुरो: ‘कुमारी’ प्रथा कि कुप्रथा ?? -विमल नेपाल

 

समाचार: सरकारी स्तरमा नयाँ कुमारीको खोजि
मनमा ला’को कुरो: ‘कुमारी’ प्रथा कि कुप्रथा??

चलन, प्रथा र संस्कृति परिवर्तनशील कुरा हुन् l स मय अनुसार कुनै मेटिनछन कुनै थपिन्छन l चलेको संस्कृतिमा प्रश्न उठाउनु ठुलै रिस्क लिनु हो तर यसलाई बुझ्न सांस्कृतिक र समाजशास्त्रीय दृस्टीकोणबाट हेर्नु पर्छ l

हरेक धर्म र संस्कृतिमा मानिसलाई देबी देवताको रुपमा पुज्ने चलन थियो र अझै केहि मात्रामा छ l क्रिस्टियनको पोप, बौद्धहरुको दलाइ लामा, हिन्दुहरुको शंकराचार्यहरु अनि राजाहरुलाई देवता नै मानेर पुज्ने चलन छ l समय अनुसार यी सबै फिका भएका छन्. हालका दलाइ लामाले अब नया दलाइ लामाको प्रचलन बन्द हुने बताई सकेका छ l नेपालको पश्चिममा एउटा मन्दिरमा जेठी छोरीहरु चढाउने चलन अझै छ. हामीलाई कुप्रथा लागेपनि स्थानीयले सयौं बर्ष देखि यसलाई ‘धर्म’ मान्दै आएका छन् l

करिब ३०० बर्ष अगाडी अन्तिम मल्ल राजा जयप्रकाशले तलेजु भवानी सित जुवा खेलेको सनकी कथा संग जोडेर शाक्यको छोरीलाई मन्दिरमा चडाउने काम गरे त्यसैको निरन्तरता हालको कुमारी प्रथा हो l अचम्म त क छ भने यो प्रथा लाई स्वयं नेपाल सरकारले अनुमोदन मात्र गरेको छैन बरु सरकारी निकाय गुठि संस्थानले नै पो संचालन गर्दै आएको छ l नेपालका तान्त्रिकहरुले कन्याहरुलाई मन्दिरमा चढाउने गरेको ३००० बर्षको इतिहास छ. तान्त्रिकहरुले मन्दिरमा नरबलि दिने प्रथा पनि थियो कुनै बखत l कुमारी प्रथाले ३०० बर्ष देखि उपत्यकाका हिन्दु र बौद्ध नेवारहरुलाई धार्मिक सहिष्णुतामा बाँधेको कुरा भने सकारात्मक छ l

नरबलि प्रथाको बेला धेरैलाई त्येही चलन ठिक लाग्थ्यो, कुनै बेलाको लोकप्रिय दास प्रथा हटाउन लाग्दा लाखौं मानिस मारिएका छन् यो धर्तीमा, कुनै बेला राज्य ले मान्यता दिएको सति प्रथा अब कुप्रथा साबित भयो (जंगबहादुरका रानीहरु आगोमा सुतेका थिए) l कन्यालाइ मन्दिरमा चढाउने अमानबीय तान्त्रिक प्रथाको अवशेष यो कुमारी प्रथा अझै छ नेपालमा l कुनैपनि कन्या वा मान्छेलाई मन्दिरमा चढाएर पुजा गर्ने नाममा उसको मानवोचित हक कुण्ठित गरिनु हुदैन कि?
२१औ सताब्दीमा मौजुदा कुमारी प्रथाको बारेमा उठेको प्रश्न लाई अन्यथा नलिनु होला, यो लेखक यो प्रथाको बारेमा तटस्थ छ l आउनुस स्वस्थ छलफल गरौँ यो प्रथा ठिक कि बेठिक ?

तपाइको धारणा शिष्ट भाषामा लेख्नु होला l धन्यबाद !

लेख लेखक का निजि धारणा हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...