Tuesday, September 26, 2017

“लसएन्जल्समा जुट्दै नेपाली कलाकर्मीहरु “

विगत लामों समयदेखी नेपाली कला,संगितमा आफ्नो महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका युवाहरुको समुहले क्यालिफोर्नियाको लसएन्जल्समा “भन पहिले एकान्तमा किन भेट्न आयौ “भन्ने बोलके गितको म्यूज़िक भिडियो निर्माण गरेका छन् र सो म्यूज़िक भिडीयोको सुटिङ रिपोर्ट प्रस्तुत गरिएको छ ।

जसमा लसएन्जल्सलाई कर्मथलो बनाएर बसोबास गर्दै आएका लोकप्रिय गायक नरेन्द्र प्यासीको स्वर तथा संगित रहेको छ ,नेपाली चलचित्र क्षेत्रमा क़रीब १ दशक बिताईसकेका र हाल एल ए फ़िल्मी स्कुलमा अध्यनरत विदुर पाठकको स्क्रीन प्ले रहेको छ l

र त्यस्तै ” चिठ्ठी तिमीलाई लेखन भन्छु” शम्भु राइको बहुचर्चित गितबाट आफ्नो अभिनय शुरु गरेका यम चापागाईं, विभिन्न म्यूज़िक भिंडियों माँ अभिनय गरिसकेकी रोजिना कोइराला, गितसंगितलाई अति नै माया गर्ने कलाप्रेमी अमित लुईँटेललाई पनि कलाकारको रुपमा देख्न सकिने छ l

यस म्यूज़िक भिडियो का छायाँकार लसएन्जल्सबासी एस राज जो करिब दुई दशकदेखी विभिन्न टेलिभिजनका बिभिन्न टेलि श्रृंखलाहरुमा सक्रिय भुमिका निर्वाह गरिसकेका लोकप्रिय कलाकार हुन् उनै एस राजको यो भिडियोमा निर्देशन,छायांकन र गितको शब्द रचना रहेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...