Tuesday, September 26, 2017

दशै तिहार शुभकामना साँझ सम्पन्न

 

 

पहिलो चरणको कार्यक्रममा शुभकामना बक्तब्य संस्थाका सचीब श्री सुमन उपे्रतीले दिनु भएको थियो । उहाँले मिल्वाकी नेपाली परिवारले गरेका मुख्य मुख्य सामाजिक कार्यहरुको विवरण सहभागी समक्ष जानकारी गराउनु भएको थियो ।हालै सालै नेपालको पूर्वि क्षेत्रमा आएको भिषण बाढी पहिरो बाट प्रभावित क्षेत्रका बासिन्दाहरुको सहयोगको लागि संकलित रकम श्री धुर्मुस सुन्तली फाउण्डेशनलाइ ३००० यु एस डलर हस्तान्तरण गरिएको जानकारी गराउनु भयो । साथै सामुहिक दुघृटनाको कोषका लागि मिल्वाकी नेपाली परिवारले एक छुटटै कोष संचालन गर्ने अवधारण रहेको कुरा जानकारी गराउनु भयो ।

कार्यक्रममा ,संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री तिलक केसीले संस्थाले दिर्घ कालीन र अल्पकालिन अवधारणामा संस्थाको उदेश्य तथा नितिहरु बन्नु पर्ने कुरा जोड दिनु भयो । साथै युवा पुस्तामा कल्चर Transfer को जिम्मेबारी सुम्पदै उनीहरुलाइ नै भोलिको जिम्मेबारी हस्तान्तरण दिनु पर्ने बताउनु भयो । एन आर एन ए स्वीकान्सिन च्याप्टरका अध्यक्ष श्री बुद्धि सागर सुवेदीले विजया दशमी तथा दिपाबलीको शुभकामना दिनुका साथै नव गठित आफ्नो संस्थाले स्थानीय संस्थाहरुको भावना बुझेर सामाजिक कार्यमा हातेमालो गर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्री भुपेन्द्र विष्टले कल्चर प्रमोटका अलावा यस क्षेत्रका नेपाली को हक हितका लागि एक कम्युनिटि सेन्टर बन्नु पर्ने कुरामा जोड दिनु भयो र यसका लागि आफूले कार्यदिशा बनाएको कुरा ब्यक्त गर्नृु भयो साथै त्यसका लागि सबैले आ आफनो ठाउबाट हातेमालो गर्न अपिल गर्नु भयो । साथै कार्यक्रम सम्पन्न गर्न खाना ब्यावस्थापन ,म्युजिक सेटअप,भोलिन्टीयर परिचालन,मञ्च सजावट,सहयोग संकलन तथा संस्कृतिक कार्यक्रम लागि सहयोग गर्ने सम्पुर्ण पक्षलाई आभार ब्यक्त गर्नु भयो ।

 

करीब २३० जनाको उपस्थिति रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुले नाच तथा गीत प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरु विजय बज्राचार्य ,विजय गुरुड र लेन्डुप लामा को बेजोड ब्याण्ड प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो । यसका अलाबा लोकभाकामा सामुहिक नाच गान गरि कार्यक्रम अत्यान्त सौर्हाद पूर्वक सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम पहिलो चरणमा संस्थाका बोर्ड मेम्बर श्री दीपक पन्तले संचालन गरेका थिए भने दोस्रो मनोरञ्नात्मक कार्यक्रम श्री टिकाराम पोखरेल र श्री श्रेया बर्जाचार्यले सयुक्त रुपमा संचालन गरेका थिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...