नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरलाई नेपाल औषधिगत बिक्री प्रबन्धक संघ (पिईएन)नेपा गंज ईकाईले “नारियल फोड्ने मेसिन” राख्ने निर्णय गरे अनुसार गत भाद्र २६ गते मन्दिरका मुल पुजारीलाई हस्तान्तरण गरेको छ l
संधैजसो श्रद्धालु भक्तजन हरूको भिड रहने उक्त मन्दिरमा बिशेष पर्वहरू बडा दशैं,तिहार,राम नवमी,शिव रात्री,तिज जस्ता चाड पर्वहरुमा देवतालाई नरिवल फुटाएर चढाउने हुनाले सरल होस् भन्ने उद्देश्यले हस्तान्तरण गरेको हो l
यसको साथै नरिवल फुटाउने क्रममा जथाभावी मूर्ति नजिकै नरिवल बजार्ने गर्नाले हातमा बढि बल लगाउँदा दुख्ने,मर्कने समस्या आउन सक्ने, मूर्तिमा असर गर्न सक्ने,मार्वल फुट्न सक्ने तथा उछिट्टिएर अन्यलाई चोट लाग्न समेत सक्ने भएकोले यी सबैको समाधानका रुपमा ब्यवस्थितरूपमा नारियल फोड्ने मेसिन जडान गरिदिने सोच पलाएको पीईएएनका अध्यक्ष ओम नारायण शर्माले बताए l
यन्त्र नेपालगञ्जका ग्रिल उधोगहरूलाई बनाउन भन्दा नमुना तथा डिजाइन थाहा नपाए पछि पोखरामा ५० केजी फलामबाट यसलाई तयार गरी मगाइएको शर्माले बताए l
सोह्र श्राद्ध परेकोले घटस्थापनाका दिन मात्र बिशेष पुजा गरी मन्दिरको उत्तरपट्टि जडान गरिने बागेश्वरी मन्दिर संरक्षण समितिका अध्यक्ष चन्दन नाथ योगीले बताए l पण्डितले बागेश्वरी माताको दर्शन गर्न अझ ब्यवस्थित हुने भएकोले यो पुण्य सोच राख्ने नेपालगंज ईकाईका अध्यक्ष ओम शर्मा लगायत समग्र ईकाई परिवारलाई सम्पूर्ण समितिको तर्फबाट लाखौँ साधुवाद ब्यक्त गरेका छन् l
पीईएएन (PEAN )नेपालगंज ईकाई नेपालगन्ज सदर मुकाम भएर बजार प्रबर्धनमा संलग्न स्वदेशी तथा बिदेशी औषधि कम्पनीमा कार्यरत प्रबन्धक हरूको संगठन हो l २०६७ सालमा नेपालगञ्जमा स्थापना भई आफ्ना सदस्यहरूको हक हितका मुद्दाहरू स्थापित गर्ने तथा बिभिन्न सामाजिक कृयाकलापहरू गर्दै आइरहेको पीईएनएन मा आफ्नो अध्यक्षको दोस्रो कार्यकाल निभाइ रहेका अध्यक्ष शर्माले बताए l
No comments:
Post a Comment