२४ भदौं, काठमाडौं । ऐक्यबद्धता मासिक पत्रिकामा संलग्न तथा संचालक द्वारा संचालित संचारकर्मीहरुको पहलमा स्थापित सोलिडारिटी ट्रष्ट नेपालले सप्तरीको लोहजारामा २ सय बाढी पीडितलाई राहत वितरण गरेको छ । संस्थाले भदौं २१ गते सप्तरीको लोहजरा गाविस वडा नं. ८ र ९ का २०० जना बाढीपीडितलाई राहत वितरण गरेको हो ।
संस्थाले केही दिन अघि आएको बाढीबाट प्रभावित बनेका २ सय परिवारलाई राहत स्वरुप भाँडाकुँडा र ब्ल्याङ्केट वितरण गरेको हो । स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको सहयोगमा उठेको रकमबाट पीडित परिवारलाई झण्डै २ लाख रकमको १ सय थान कसौडी र १ सय थान कराही तथा २ सय थान ब्ल्याङ्केट वितरण गरेको हो ।
उक्त राहत लोहजरा ८ स्थित सुरक्षा प्रहरी वेशक्याम्प लोहजराले राखेको पीडित परिवारको तथ्यांकको आधारमा स्थानीयको रोहवरमा ट्रष्टकी अध्यक्ष चन्दा थापा (चन्द्रिका), सल्लाहकार मीना शर्मा तथा सदस्यहरु फर्शुराम भुर्तेल र प्रविन अधिकारीद्धारा वितरण गरिएको थियो ।
संस्थाले राहत वितरणलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विशेष सघाउ पु¥याउने अधिवक्ता पुण्यप्रसाद यादव तथा वेशक्याम्पका सई उमानन्द चौधरी तथा बेशक्याम्पमा कार्यरत सम्पूर्ण सुरक्षाकर्मी, सुर्यनाथ प्रसाद यादव (सुभाष), स्थानीय शिक्षक सियाराम यादव, शम्भुप्रसाद यादव, हासिम मिया, सत्यनारायण चौधरी सबैमा धन्यवाद व्यक्त गरेको छ ।
स्मरण रहोस् सन् २०१० मा स्थापना भएको यस संस्थाले विशेषत विदेशमा बस्ने नेपालीबीच आइपरेका समस्यामा विदेशस्थित सम्बन्धित निकायसँगको सहकार्यमा उद्धार तथा कानुनी परामर्श दिदैं आएको छ । साथै देशको पर्यटन, कला–संस्कृति प्रवद्र्धन, सम्बद्र्धन गर्ने, नेपालीको समस्यामा सहयोग गर्ने, देशको आर्थिक समृद्धिमा योगदान पु¥याउने तथा विदेशमा रहेर पनि नेपाल र नेपालीले गौरव गर्ने काम गरेका एक नेपालीलाई प्रत्येक वर्ष ‘वेष्ट एनआरएन’ घोषणा गर्ने गरेको छ ।
No comments:
Post a Comment