Friday, September 8, 2017

अन्नपुर्ण मावी पार्वतीपुर चितवनमा बेल्जियम निवासी फ्लिम निर्माता तथा ब्यावसायी तेजेन्द्र कंडेलको प्रयास र प्रायोजकमा साईबर अपराध र सुरक्षा सम्बन्धी ४ दिने प्रयोगात्मक प्रशिक्षण सम्पन्न

सेप्टेम्बर ८, २०१७ – अन्नपुर्ण उच्चमाबी पार्वतीपुर, चितवनमा कक्षा ८ देखि १२ सम्मका कारिब ४०० बिधार्थीहरुलाई ४ दिने साईबर साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सफलताका पुर्वक सम्पन्न भयो। हाल बेल्जियम निवासी ब्याबसायि तथा नेपाली चलचित्र निर्माता तेजेन्द्र कंडेलको प्रयास र प्रायोजकमा साईबर सेक्युरिटी ईन्टरन्यासनल द्वारा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । प्रायोजक तेजेन्द्र कंडेलले आफ्नो स्कुलको अध्ययन उक्त स्कुलबाट पुरा गर्नु भएको थियो ।

४ दिन सम्म र दिनको ५ घण्टा सम्म चलेको उक्त कार्यक्रमको सुरुमा तेजेन्द्र कंडेल ज्युले स्कुलका सहभागि बिधार्थीहरु र शिक्षकहरुलाई बेल्जियमबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो। उक्त भिडियो सन्देश पछि कंडेल स्कुल छंदाको बाल्यकाल र उहाँले समाजमा गर्नु भएको योगदानको बारेमा अन्नपुर्णकै शिक्षक कृष्ण गौतमले प्रष्ट पार्नु भएको थियो । बिदेशमा रहेर पनि आफ्नो स्कुल र समाजको लागि कंडेलले गर्नुभएको सहयोगको हृदय देखि प्रशंसा गर्नु गर्नु भएको थियो भने साईबर सेक्युरिटी ईन्टरन्यासलका प्रशिक्षकहरु र पत्रकारहरुलाई स्वागत गर्नु भएको थियो । अमेरिका देखि नेपाल पुग्नु भएका प्रोफेसर डा. रामहरि सुबेदीले पहिलो चरणको २ वटा कार्यक्रममा बिधार्थीहरुलाई र शिक्षकहरुलाई प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो । त्यस्तै गरि दोश्रो चरणको कार्यक्रममा प्रशिक्षक पुजा गुरुङ्गले प्रशिक्षण दिनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट समाचार र फोटो संकलनको लागि मुना भट्ट र पुष्पा पौडेलको पनि सहभागिता रहेको थियो ।

उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरी सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्तमा, सहभागि  बिधार्थी आ-आफ्नो प्रतिकृया दिएका थिए । साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

 

tejendra final2.jpg
21322847_199839743888255_1608559282_n.jpg
21323010_199839703888259_2144872249_n.jpg
21325959_199839707221592_998190921_n.jpg
21363122_200109553861274_37761152_n.jpg
21397221_200109460527950_1568725786_n.jpg
21325717_199839737221589_311805625_n.jpg
21322818_199839713888258_183624933_n.jpg

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ ।डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने

[email protected] मा संर्पक गर्न सक्नु हुनेछ ।

कार्यक्रममा सहभागी शिक्षक र बिधार्थीहरुको नामावली यसप्रकार रहेको छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...