शिशिर सिंखडा
पदमपुर, कालिका, चितवन, २३ भाद्र ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ३ सिमलबस्ती स्थित जनहित राष्ट्रिय आधारभूत विद्यालयलाई कम्प्युटर तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपाल अन्तर्गत लायन्स क्लव अफ नारायणगढ बालकुमारी र लियो क्लव अफ बालकुमारीको सहयोगमा विद्यालयका विद्यार्थीहरुको लागि २ थान कम्प्युटर र स्टेशनरी सहयोग गरिएको हो ।
क्लवका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सदस्य लक्ष्मण श्रेष्ठले विद्यालयमा पुस्तक राख्नको लागि १ थान दराज सहयोग गरेका थिए । क्लवको आयोजनामा भएको कार्यक्रममा खानेपानी धारा र टंकी समेत उपलब्ध गराइएको थियो ।
राष्ट्रिय शिक्षा दिवश २०७४ तथा ५१औं अन्तरराष्ट्रिय साक्षरता दिवशको अवसरमा विद्यालय प्राङ्गणमा वृक्षारोपण समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले खानेपानी धाराको उद्घाटन गर्दै विद्यालय प्राङ्गणमा वृक्षारोपण समेत गरेका थिए ।
शैक्षिक विकास आजको आवश्यकता – मेयर श्रेष्ठ
कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले शिक्षाको विकास विना समाज रुपान्तरण हुन नसक्ने भन्दै शैक्षिक विकास आजको आवश्यकता रहेको बताएका थिए । नगरवासीहरु सबैले सहज र सर्वसुलभ शिक्षा पाउनुपर्ने भन्दै श्रेष्ठले विपन्न वस्तीका बालबालिकाहरुको शिक्षामा पहुँच पु¥याउन नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताए । आजका बालबालिका भोलिका कर्णधार भएकोले निशुल्क शिक्षा उपलब्ध गराउन नगरपालिकाले कुनै कसुर नराख्ने बताए ।
नगरभित्रका सुकुम्बासी, बाढीपिडित, भूमिहिन सबैको समस्या समाधान गर्न पनि आफु प्रतिबद्ध रहेको मेयर श्रेष्ठले बताए । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कालिका नगरपालिका वडा नं. ३ का वडाध्यक्ष टिकाराज रिजाल, क्लवका पूर्व अध्यक्षहरु इश्वरराज राजभण्डारी, ईश्वरी खनाल, सरोज मास्के, नेत्र प्रसाद आचार्य, संस्थापक अध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर मगर, विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कालिका नगरपालिका वडा नं. ३ लाहुरेचोक निवासी स्वास्थ्यकर्मी प्रकाशराज रिजालले विद्यालयमा आवश्यक प्राथमिक उपचारका लागि आवश्यक सामग्री र औषधी निशुल्क रुपमा उपलब्ध गराएका थिए ।
निशुल्क आँखा परीक्षण
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुको निशुल्क आँखा परीक्षण समेत गरिएको थियो । क्लवको समन्वय र भरतपुर आँखा अस्पतालको सहयोगमा भएको कार्यक्रममा ८२ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण पश्चात् मोतियाविन्दु भएका १४ जना बिरामीको निशुल्क उपचारको लागि सो अस्पतालमा रिफर समेत गरिए
No comments:
Post a Comment