Friday, September 15, 2017

‘दशैँ राम्रो लाहुरे घर आउनाले’ गीत सार्वजनिक

काठमाडौँ, ३० भदौ । नेपालीको महान् पर्व दशैैँसम्बन्धी ‘दशैँ राम्रो लाहुरे घर आउनाले’ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले स्वर दिनुभएको छ । गीतलाई सुनाखरी मल्टि मिडिया प्रालिले बजारमा ल्याएको हो । गीतमा लय र शब्द थापाकै रहेको छ ।

गीतको भिडियोमा रीना थापा, दीपक बस्नेत, विदुर चापागाईं र नमराज ढुंगानाको अभिनय रहेको छ ।

त्यसैगरी, दशैँसम्बन्धी ‘छोरा’ नामक अर्को लोक तथा दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतमा गायक विरही कार्कीको शब्द र लय रहेको छ ।

गीतको म्युजिक भिडियोमा मोहन निरौला, विद्या कार्की, लिला गिरी, मोहनसिंह जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...