Friday, September 15, 2017

सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रम महरा

चितवन, ३० भदौ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताउनुभएको छ ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताउनुभयो । उपप्रधानमन्त्री महराले भन्नुभयो “निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन ।” आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उहाँले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताउनुभयो ।

सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक भएको भन्दै उहाँले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरिनु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो “आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक हो ।” पर्साको ठोरीमा चुनावी अभियानमा सहभागी हुन आज बिहान उपप्रधानमन्त्री महरा विमानबाट भरतपुर आउनुभएको हो । निजी नम्बरको गाडीमा उहाँ चितवनको माडी हुँदै ठोरीतर्फ जानुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...