Wednesday, September 20, 2017

अमेरिकाको म्यारिल्याण्ड राज्यका महाँबाणिज्यदुत तथा बरिष्ठ लोक गायक प्रेमराजा महतको प्रयास र प्रायोजकमा आँफैले अध्ययन गरेको स्कुल गाँउफर्कोदय मा।विमामा अध्ययनरत विद्यार्थीहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धि प्रयोगात्मक प्रशिक्षण प्रदान

 

बिष्णु प्रिया रिजाल, तनहुँ, दमौली सेप्टेम्बर १९, २०१७ – अमेरिकाको म्यारिल्याण्ड राज्यमा बसोवास गर्दै आउनु भएका महाबाणिज्यदुत, बरिष्ठ लोक गायक तथा समाजसेबी प्रेमराजा महतको प्रयास र प्रायोजनमा वहाँले अध्ययन गरेको शुक्लागण्डिकी न.पा वडा नं ८ अवस्थित गाँउफर्कोदय मा.विमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धि प्रयोगात्मक प्रशिक्षण असोज ३ गते मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद लम्साललले कार्यक्रम प्रायोजन गर्नु भएकोमा महावाणिज्यदुत महतलाई हार्दिक धन्यबाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सुरुमा अमेरिकाको म्यारिल्याण्डबाट महावाणिज्यदुत महतले पठाउनु भएको भिडियो सन्देश देखाइएको थिया । कार्यक्रमका संयोजक तथा प्रशिक्षक गिरिजा सुवेदीले र सह–प्रशिक्षक कमल पण्डितले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा साईबर अपराधबाट कसरी बच्ने, फेसबुक, इन्तरनेट, कम्प्युटर लाई कसरी सुरक्षित तरिकाले चलाउने भन्ने विषयमा केन्द्रित रहको थियो । कार्यक्रमको अन्त्यमा विद्यालयका प्र.अ का साथै उपस्थित विद्यार्थीहरुले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र आगामी दिनमा पनि यस कार्यक्रमलाई अझै विस्तार गरी विभिन्न ठाँउमा सञ्चालन गर्नु पर्ने बताउनु भएको थियो ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

कार्यक्रमका सहभागीहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस

Image may contain: 7 people, people sitting and indoor
Image may contain: 1 person, sitting, table and indoor
Image may contain: 1 person, sitting and indoor

 

Posted by Ramhari Subedi on Tuesday, September 19, 2017

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...