गत सेप्टेम्वर १-३ सम्म सन्चालित अमेरिकाको नर्थ क्यारोलिना स्थित नासिया-अन्माको सन्युक्त सम्मेलनका लागी सास्कृतिक कार्यक्रममा आयोजकबाट निमन्त्रणा पाई कार्यक्रमस्थल पुगेकी यूवा गायीका निक्की कार्की माथि आयोजक सस्था नासियाका एक पदाधिकारीबाट नै यौन दुर्व्यवहार भएको घटना बाहिर आएको छ । यस घटनाले एक समाज सेवी तथा आमाको समेत भूमिका रहेको म लगायत अन्य समाजसेवी तथा आमाहरुलाई स्तब्ध पारेको छ । अमेरिकामा दोस्रो पुस्ता की एक छोरी यौन उत्पीडनको शिकार भएकी भन्ने घटनाले हाम्रो समाज चिन्तित भएको छ । आफ्नो प्रतिभा देखाउने निक्की कार्की जस्ता धेरै यूवा पुस्ताहरु यस घटनाबाट बिचलित भएका छन ।
आयोजक सस्था-नासिया (नेप्लिज एसोसिएसन इन साउथ ईस्ट अमेरिका) का बर्तमान पदाधिकारी रहेका सुशिल नेपालले गायीका निक्की कार्कीलाई एयरपोर्ट देखी कार्यक्रम स्थल भित्र समेत पटक पटक यौन दुर्व्यवहार गर्न खोजेको ब्यहोरा युवा गायीका निक्कीले फेसबुक लाईभ मार्फत सार्वजनिक गरेकी छन । पिडित निक्की कार्कीको आरोपको पुष्टीका लागी सम्म्वन्धित निकायले अबिलम्व कार्यवाही अगाडी बढाओस र भएको तत्य सत्य घटना सार्वजनिक गरी दोषी उपर कारवाहि गरोस ।
प्रभा भट्टराई देउजा
उपाध्यक्ष , नेपाल अमेरिका सोसाईटि
No comments:
Post a Comment