Friday, September 1, 2017

सदा झैं यहाँहरूको सहयोग, सदभाव र प्रेरणा मेरा लागि पथ प्रदर्शक हुनेछन् :उमा कार्की थापा उपाध्यक्ष पदकी उम्मेद्वार

 

एनआरएन अमेरिकाको निर्वाचन को संघारमा उपाध्यक्ष पदकी उम्मेद्वार उमा कार्की थापा भन्छिन आफ्नो उम्मेदवारी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको हक र हितको निम्ति गरेको हु l

उनि भन्छिन समाजसेवालाई दरिलो निरन्तरताका लागि गत बर्ष देखी ‘गणेश – तिर्था फाउन्डेशन’ मार्फत लाग्दै लस एन्जलसका स्थानिय नेपाल अमेरिका एकता समाजकी दुई कार्यकालकी अध्यक्ष, संस्थापक अध्यक्ष वेष्ट अमेरिका नेपलिज एसोसिएसन ,वाना ,नेपाली जनसंपर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरकी सल्लाहकार लगायत बिभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध रहंदै एनआरएन मार्फत सामाजिक सेवा गर्ने मुल उदेश्यका साथ सवैको सहयोगको अाशा गरेको बताइन l

आगामी सेप्टेम्बर ५ र ६ तारिख सम्पन्न हुन गैरहेको सुखद खबरले सबै खुशी छौं । एनआरएन अमेरिकाको प्रथम महिला संयोजक एवम आईसीसीकी बर्तमान महिला टास्क फोर्सको सदस्यमा पनि काम गरेको अनुभव रहेको पुन एक पटक स्मरण गराउन पाउँदा हर्ष लागको बताइन l

एनआरएन अमेरिकाको यो निर्वाचनलाई एकताको निर्वाचन बनाउंदै सबल नेपाली समाज निर्माणको महान अभियानमा सरिक हुन मलाई यहाँहरुको अमुल्य मत र सहयोगको खांचो छ ।

उनि भन्छिन आफु संस्थाको विधि, दीगोपन र सिर्जनामा विश्वास राख्ने ब्यक्ति हु l उनले थप गर्दै भनिन सदाझैं मतदाता तथा शुभचिन्तकहरुको सहयोग, सदभाव र प्रेरणा मेरा लागि पथ प्रदर्शक हुने छन् l र यस पटक आफुलाई काम गर्ने मौका दिनु हुने छ भन्दै सवैमा मतदान आफुलाई गर्न अनुरोध गरेकी छिन् l

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...