Friday, September 1, 2017

चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक


काठमाडौं । राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ ।

काठमाडौं आसपास तथा पूर्वको रमणीय स्थानमा सुटिङ भएको यो चलचित्रमा विनोद न्यौपने, राजेश ढुंगाना, ऋचा सिंह ठकुरी, यनि कुँवर, गौरी मल्ला, भोमन कटुवाललगायत कलाकारको अभिनय रहेको छ ।
अर्जुन पोखरेलको संगीत, राजु किराँतको द्वन्द्व, कमल राइको कोरियोग्राफी रहेको यस चलचित्रलाई शम्भु सापकोटले खिचेका हुन् भने कल्याण अधिकारीले निर्देशन गरेको हुन् ।

यहि असोज २७ गतेदेखि अल नेपाल रिलिज हुन लगेको यस चलचित्रलाई कल्याण अधिकारी र बिरेन्द्र कुमार यादवले निर्माण गरेका हुन् । रोमन्टिक लभ स्टोरी बेसको यस चलचित्रले दर्शकको मन जित्ने चलचित्रका निर्देशक कल्याण अधिकारी बताउँछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...