Friday, September 1, 2017

मिसेस नेपाल इन्टरनेशनल २०१७ सामाजिक काममा पनि सक्रिय ।

काठमाडौं÷ मिसेस नेपाल इन्टरनेशनल २०१७ का प्रतियोगिहरु सामाजिक काममा पनि सक्रिय भएका छन् । तराईमा गएको बाढिपहिरोबाट पीडितहरुलाई उनीहरुले राहत सामाग्री वितरण गरेका छन् । कपडा, खाद्यान्न सामग्री, सावुन, औषधी, कम्बल, कपडा, चम्पल, पिउने पानी, टेण्ड लगायतका सामग्री वितरण गरेको मिसेस नेपाल इन्टरनेशनलको आयोजक संस्था रिवन इन्टरटेनमेन्ट प्रा.लिका इभेन्ट निर्देशक निशु झाले जानकारी दिए । सिराहको बसाईन, सकरपुरा, मधेपुरा लगायतका ठाउँहरुमा राहत सामग्री वितरण गरिएको थियो ।

विभिन्न पेशमा आबद्ध तथा गृहीणीका रुपमा रहँदै आएका बिबाहित महिललाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन मिसेस नेपाल इन्टरनेशनल २०१७ गर्न लागिएको झाले बताए । आगामी असोज ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने प्रतियोगिताको मुख्य विजेताले पुरस्कारस्वरुप स्कुटर पाउनुका साथै अमेरिका २०१८ मा हुने मिसेस इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउने उनले बताए ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सुरुची पाण्डे, अन्विशा शेर्पा, शोभा शाक्य, सस्मीना राउत, प्रतिमा महर्जन, सन्ध्या गौतम घिमीरे, रिया राई, सम्झना भेटवाल, सरु थापा, प्रिति घिमिरे, अजिता तामाङ श्रेष्ठ, दिलमाया गुरुङ, मिरा थापा भण्डारी, रिता सिंह रिमाल, गुञ्जना ढुंगाना, सृजना अधिकारी शाक्य, प्रज्ञा खत्री, संगीता श्रेष्ठ, हेमन्ती साउद विष्ट, ममता गुप्ता दारुका, रेणु श्रेष्ठ महर्जन, शर्मीला श्रेष्ठ, संगीता कार्की खड्का, सुन्दरा सुनार, ज्योती दहाल पनेरु, सृजना महर्जन, जलता खनाल आचार्य, लक्ष्मी गुरुङ श्रेष्ठ, पुजा लामा कुंवर, आशा भण्डारी, यशोदा पोखरेल, इशा भट्टराई, सीता ओली, स्वस्तीका पौडेल चौधरी, सम्झना त्रिपाठी, लक्ष्मी तिम्लिसिना, उर्मीला श्रेष्ठ, प्रतिज्ञा राई, सृष्टिका गुरुङ, सुमीत्रा कट्टल, सारिका मल्ल प्रधान, सरस्वती मगर शाक्य रहेका छन् ।

नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न विज्ञहरुद्धारा व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कशप, ग्रुमिङ, क्याटवक, श्रृंगार, जुम्बा, हस्पीटालीटी मेनेजमेन्ट, फेशन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षणपश्चात प्रतियोगितामा उतारिने भएको छ । श्रद्धा खरेल र सम्राट शाहको संयोजकत्वमा हुने प्रतियोगितामा कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी रहनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...