Saturday, September 30, 2017

अवरुद्ध सिद्धबाबा सडकखण्ड चौध घण्टापछि सञ्चालन

रामपुर (पाल्पा), १४ असोज: पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

शुक्रबार राति सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज दिउँसोबाट सञ्चालनमा आएको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधन अलपत्र अवस्थामा रहेका थिए । सडक सञ्चालन भएपछि यात्रु आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् ।

अहिले यहाँ गाडीको चाप बढ्दो छ । गएरातिदेखि अविरल वर्षाका कारण सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । ठूलो प्रयासपछि सडक सञ्चालनमा ल्याउन सकिएको प्रहरीले जनाएको छ ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...