Saturday, September 30, 2017

कुमारी जात्रा सम्पन्न

भक्तपुर, १४ असोज : विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने जीवित देवीका रुपमा पुजिने एकान्त कुमारीको विजयादशमीको दिन ब्रह्मायणी पीठमा पूजा गराई कुमारी घर पु¥याएपछि जात्रा सम्पन्न भएको हो ।

तलेजुको आगमघरमा कुमारीलाई लगेर अथर्ववेद, यजुर्वेद, ऋग्वेद र सामवेदको पाठसहित कुमारीको पूजा गरिन्छ भने पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुब्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...