Wednesday, September 6, 2017

“पन्चे बाजा” मा नाच्दै, दोहोरीमा जम्दै पन्ध्रसय नेपालीको सहभागितामा बाल्टिमोरमा म्याग्दी बनभोज सम्पन्न

 

६ सेप्टेम्बर २०१७ – अमेरिकाको राजधानी यरिया: भर्जिनिया, डिसी, म्यारिल्याण्ड क्षेत्रमा हुने गर्ने नेपाली बनभोज-कार्यक्रमहरु मध्ये सबैभन्दा धेरै नेपालीहरु – पन्ध्रसय भन्दा बढ्ता नेपालीहरुको सहभागितामा म्याग्दी समाजको बार्षिक बनभोज भब्यताकासाथ बाल्टिमोरमा सम्पन्न भएको छ।

पेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यका लागी नेपाल सरकारका महा-बाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा बनभोज-कार्यक्रममा आयोजित संक्षिप्त स्वागत समारोहमा प्रमुख अतिथीको मन्तब्य राख्दै महा-बाणिज्यदुत प्रेमराजा महतले भन्नुभयो – बाल्टिमोरमा भएका सबै संघ, संस्थाका बनभोजहरु अब देखी संयुक्त रुपमा एकैदिन गर्नुपर्यो भनेर कुरा चलेको थियो। अन्य सबै बनभोजहरुको सहभागिता संख्या जोड्दा नी म्याग्दी समाज एक्लैको बनभोज ठुलो हुने भएकोले, संयुक्त बनभोज कसरी संभब हुन सक्छ र ? – महाबाणिज्यदुत प्रेमराजा महतले आफ्नो मन्तव्यमा भन्नुभयो।

म्याग्दी जिल्लाका नेपाली कांग्रेसका नेता डा. भुपेन्द्र खड्का समारोहमा बिशेष अतिथी हुनुहुन्थ्यो।
संस्थाका महा स िचब िनलम पुनले कार्यक्रम संचालन , ब िरस्ठ ऊपाध्यक्ष ईन्द्र बहादुर थापाले
स्वागत-भाषण ग िरएको स्वागत-समारोहमा
अध्यक्ष अमर छन्त्यालले उप िस्थत सबैलाई
धन्यबाद िदनुभएको िथयो ।

नेपाल देखी ल्याईएको नौमती ” पन्चे बाजा ” बनभोजमा सबैभन्दा आकर्षक देखिन्थ्यो।
पार्किङ्गलट देखी पन्चे बाजामा ठुलो समुह बसी ऊफ्री नाच्दै सेल्टर सम्म पुगेको दृश्य नेपालको गाउँ घरमा बिहेको जन्ती हिँडे जस्तै
बडो आकर्षक देखिन्थ्यो। दोहोरीका रास्ट्रिय कलाकारहरु मिलन लामा तथा सृजना बिरही थापाका लोकगित तथा दोहोरीले
> ऊपस्थित जनसमुहलाई नचाएको थियो।

> पेन्सिल्भानियाको जंगल पुगेर किनेर ल्याईएको ६ वोटा सानो खसीको मासु, सेल रोटी,
> कुरिलोको अचार र म्याग्दीको हिमाली भेगमा पाईने टिम्मुरको छोप् बनभोजमा खानाका परिकार मध्येको स्वादिस्ट परिकार थिए।
> नेपालको पश्चीमी जिल्लाहरुका गाउँघरमा परापुर्ब काल देखीको परम्परागत खेल गिर गिर दगुर्दै ढुंगा फ्याँक्ने ” ठेलो ” हान्ने प्रतियोगिता खेल बनभोजको अर्को आकर्षण थियो। ठेलो हान्ने खेलमा प्रथम भएका बाग्लुङ्गका दिनेश आचार्यलाई
> साफा गुताएर अबिर जात्रा गरिएको पनी हेर्दा बडो आकर्षक देखिन्थ्यो।

भ िलबलमा प्रथम हुने िटम लाई $ १,०००.०० एक हजार डलर र दोश्रा हुनेलाई $ ५०० पाँचसय डलर
पुरूस्कार िदईएको िथयो । कँराते खेल प्रदर्शन ,
डोरी तान्ने , राफल लगायतका खेलकुद, पारशमणी श्रेस्ठ र सृजना िबरहीको रोचक दोहरी र
पन्चेबाजामा िदनभर नाच्दै रमाईलो गर्दै
म्याग्दी बनभोज आयोजकहरूले सोंचेभन्दा
बढ्ता भब्यताकासाथ सम्पन्न भयो ।

 

त िस्बर : खेम भट्टचन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...