|
केसी डान्स सेन्टरका संचालक तथा युवा नृत्य निर्देशक नवीन केसी तथा कलाकार पुस्कर पन्तको पहलमा आउँदो अक्टोबर १४, तदनुसार आश्विन २८ गते शनिवारका दिन “कलिउड नाइट २०१७” हुने भएको छ l
सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान )संस्थाले संचालन गरेको नेपालका दलित तथा शोषित बालबालिकाको छात्रवृत्ति सहयोगार्थ डीसीमा “कलिउड नाइट २०१७” गरिने भएको हो l
“कलिउड नाइट २०१७” एनानडेल स्थित नोभा कम्युनिटी कलेजको प्रेक्षालयमा सगौरव प्रस्तुत गरिने छ l उक्त कार्यक्रममा नेपाली चलचित्र जगतका चर्चित कलाकार तथा स्थानीय प्रतिभाशाली कलाकारहरुको आकर्षक प्रस्तुतीका साथै पहिलो पटक स्थानीय “सुपर मम” को पनि प्रस्तुती रहनेछ | विशुद्ध नेपाली संस्कृति ,नाचगान र गीतले भरिपूर्ण मनोरन्जनात्मक कार्यक्रम हेर्नको लागी डीसी क्षेत्रका नेपाली समुदायलाई आयोजक को तर्फ बाट आग्रह गरेका छन् l उक्त कलिवुड रात्री कार्यक्रममा नायिका झरना थापा ,नायक जीवन लुइँटेल ,राज बल्लव कोइराला ,राम प्रसाद खनाल ,रतन सुबेदी ,अमृत लामा ,मिनाक्षी बन्दना ,पुस्कर पन्त ,स्मृति पोख्रेल ,राजेश नाथ ,नविन केसी ,लुना श्रेष्ठ ,सुनिक्षा मैनाली तथा अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने छ l
Show: Kollywood Night
Date: October 14, 2017 Saturday/आश्विन २८, २०१७ Venue: NOVA Community College, Annandale Time: 6 pm Presenter: KC’s Dance Center |
Wednesday, September 6, 2017
सान छात्रवृत्ति सहयोगार्थ डीसीमा “कलिउड नाइट २०१७”
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment