Wednesday, September 27, 2017

लोक-पप गीत ” लण्डन आईमा सेल्फी” सार्बजनिक

लण्डन।  केहि दिन अघि सार्बजनिक भएको  लोक- पप शैलीको ” लण्डन आईमा सेल्फी”  गीत  युट्युबमा निकै रुचाइएको छ।  लण्डन आईमा सेल्फी खिचेर संगै मेला गएको, उकाली ओराली गरेको   आफ्नो मायालुलाई बिर्स्योउ कि भन्ने भाव रहेको  उक्त गीतमा लण्डन  को लोकप्रिय लण्डन आईको  सेरोफेरोमा खिचिएको छ। बेलायतमा रहेता पनि नेपाली  गीत संगीतमा लागि परेका सोहन घिमिरेको उक्त गीतमा स्वर, संगीत र शब्द रहेको छ। दिपेश रेग्मीको निर्देशन र कुशल श्रेष्ठको छायांकन रहेको उक्त गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ।  हाईलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत https://www.youtube.com/watch?v=Wv1T5METSAo&t=166
 मा हेर्न सकिन्छ।  घिमिरेको यस अघिको गीत तीन जुरेको डांडा, यो साँझ गीत पनि युट्युबमा निकै रुचाइएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...