वर्षातको भयानक झरी र भताभुङ्ग बाटोघाटो बीच कर्र्र्णाली जाने योजना बन्यो । भदौ १३ गते बुद्ध एअरबाट सहजै नेपालगंज र भोलिपल्ट वीरेन्द्रनगर सुर्खेत रमाइलोसँग पुगियो । त्यसपछिको डरलाग्दो यात्रा सुरुभयो । सर्वप्रथम त कर्णाली जाने गाडी पाउन ज्यादै कठिनाई हुनेरहेछ । त्यसपछि जो कसैले पनि भनेजस्तो यातायातको साधन प्रयोग गर्न नसक्ने रहेछ । वीरेन्द्रनगरबाट जीतेगडा (कालिकोट) पुग्न लगभग १ सय ३० कि.मि. पुग्न जीपको मालिकले रु १४ हजार भन्यो तर सुर्खेतमा रहेको मेरो भतिजा जीवनकुमार शाहीले लगभग ८ हजारमा मिलायो । कर्णालीका दुर्गम र कठीन मार्ग क्षेत्रमा सरकारले विशेष सहुलियत कार्यक्रम चलाएको होला र त्यहाँ अन्यत्रभन्दा राम्रो व्यवस्था होला भन्ने मेरो कल्पना गलत सावित भयो । किनकि संसारका सबै दुर्गम मार्गहरूमा यस्तो व्यवस्था हुने गर्दछ । जापानको होकाइडो, रुसको साइबेरिया, अमेरिका र क्यानाडाको अलास्का क्षेत्रमा राज्यले विशेष यातायात योजना लागु गरेको पाइन्छ । छिमेकी चीन र हिन्दूस्तानका दुर्गम हिमाली राज्यहरूमा यातायात लगायत अन्य क्षेत्रमा सर्वत्र विशेष सहुलियत कार्यक्रम चलाएको मात्र नभइ राज्यले कुनै प्रकारको कर असुली नगरेको समेत पाइन्छ ।
वर्षातको भयानक झरी र भताभुङ्ग बाटोघाटो बीच कर्र्र्णाली जाने योजना बन्यो । भदौ १३ गते बुद्ध एअरबाट सहजै नेपालगंज र भोलिपल्ट वीरेन्द्रनगर सुर्खेत रमाइलोसँग पुगियो । त्यसपछिको डरलाग्दो यात्रा सुरुभयो । सर्वप्रथम त कर्णाली जाने गाडी पाउन ज्यादै कठिनाई हुनेरहेछ । त्यसपछि जो कसैले पनि भनेजस्तो यातायातको साधन प्रयोग गर्न नसक्ने रहेछ । वीरेन्द्रनगरबाट जीतेगडा (कालिकोट) पुग्न लगभग १ सय ३० कि.मि. पुग्न जीपको मालिकले रु १४ हजार भन्यो तर सुर्खेतमा रहेको मेरो भतिजा जीवनकुमार शाहीले लगभग ८ हजारमा मिलायो । कर्णालीका दुर्गम र कठीन मार्ग क्षेत्रमा सरकारले विशेष सहुलियत कार्यक्रम चलाएको होला र त्यहाँ अन्यत्रभन्दा राम्रो व्यवस्था होला भन्ने मेरो कल्पना गलत सावित भयो । किनकि संसारका सबै दुर्गम मार्गहरूमा यस्तो व्यवस्था हुने गर्दछ । जापानको होकाइडो, रुसको साइबेरिया, अमेरिका र क्यानाडाको अलास्का क्षेत्रमा राज्यले विशेष यातायात योजना लागु गरेको पाइन्छ । छिमेकी चीन र हिन्दूस्तानका दुर्गम हिमाली राज्यहरूमा यातायात लगायत अन्य क्षेत्रमा सर्वत्र विशेष सहुलियत कार्यक्रम चलाएको मात्र नभइ राज्यले कुनै प्रकारको कर असुली नगरेको समेत पाइन्छ । साडे ६ बजे बल्लतल्ल गाडी तयार भयो र घनघोर वर्षातका बीच उकालो लाग्यौँ । सुन्दर हिलस्टेशन बन्न सक्ने गुरासेको डाँडो काट्दा नकाट्दै अँध्यारो भयो । कर्णाली राजमार्ग भन्दा दैलेख जाने यो बाटोमा गाडीहरू प्राय चलेको पाइएन ।
माथिल्लो डुगेश्वरपछि प्राय बाटो खराब रहेछ । तल्लो डुगेश्वरबाट कर्णाली राजमार्गमा आइपुग्दा त गाडी रोपाइ गर्न लागेको खेतमा हालेजस्तो नाच्दै कुदिरहेको थियो । अँध्यारोमा हिलेमार्ग र कतै बस्ती नदेखिने र कसैले मतलब नराखेको त्यो बिरान मार्गमा हिंडदा मानव संसारबाट अर्कै मुलुकमा आएको अनुभव भयो । देशको सबभन्दा ठूलो भूगोल भएको अंचलमा जाने मात्र होइन जलविद्युतमा सस्तो लगानीमा सबभन्दा धेरै विद्युत उत्पादन गर्ने नदीक्षेत्रको बाटोप्रति उपेक्षा मात्र होइन राज्यको उपस्थिति नदेख्दा मन साह्रै खिन्न भयो । तल्लो डुगेश्वरबाट पुल तर्दासाथ हाम्रो समयका ब्रह्मज्ञानी सिद्घ पुरुष ब्रह्मलीन योगी नरहरिनाथलाई स्मरण गरिरहेको थिए । उनले २०१२ सालमा सर्वप्रथम यही नगर क्षेत्रको दुल्लुमा भेटेको सिजापति पृथ्वी मल्लको बिजय स्तम्भबाट प्राचीन नेपालको इतिहासको ढोका खोलेका थिए । काठमाडौंमा कमलको फूलमा बागेश्वर ज्वाला जलेजस्तै यहाँ दुल्लुमा सदाकाल बैश्वानरज्वाला जलिरहेको महाशक्ति महामायाको क्षेत्रभनी योगीले वर्णन गरेका छन । यस्तो विश्वका अर्वौ हिन्दू, बौद्ध, बोन्पो, जैन, लिंगायत आदिले जुहार्नका लागि ज्यान फाल्ने महान धार्मिक स्थलको कथित राजमार्गको दुर्गति र पूर्ण उपेक्षा देख्दा चित्त साह्रै फाट्यो ।
खिडकीज्युला पुगेपछि केही राम्रो बाटो आयो तर थाहा भयो कि त्यहाँ पालतडा भन्दा माथि राती ८ बजेपछि प्रहरीले बाटो बन्द गर्ने रहेछ, त्यसैले हाम्रो अनुरोधमा दैलेखका प्रहरी उपरीक्षक सरोज पौडेलले सहयोग गरेकोले डाव, पालतडा र राकममा हामीलाई प्रहरीले रोकेन । राती राकममा एउटा होटेलमा खाना खाएबापत सित्तै कोठा प्राप्त भयो र रात त्यही बित्यो । बिहान उठेको पश्चिमतिर अछाम र बीचमा बिशाल कर्णाली नदी देखियो । राकममा कमल शाही लगायत गाउँजाने केही व्यक्तिहरू भेटिए । कर्णाली किनारै किनार वारी दैलेख पारी अछाम हेर्दै हामी गुड्दै झण्डै ३० कि.मि. जतिमा दैखोलामा दैलेख छाडेर कालिकोट प्रवेश ग¥यौँ । थोरै अगाडि सडकमा गाडीहरू जाम भएको देखियो । त्यहाँ तीन दिनदेखि पहिरो आएको रहेछ । मुगु, जुम्ला, कालिकोट आदितिर जाने हजारौ यात्रीहरू अलपत्र परेका र कतैबाट पारिजान नसकिने जस्तै रहेछ । पहिरोमा लगातार ढुङ्गा खसिरहेका थिए । केहीदिन अगाडि त्यहाँ पहिरोको फोटो खिच्दा २७ वर्षका जगतबहादुर शाहीलाई ढुङ्गा लागेर तत्काल मारिएका रहेछन । त्यस्तो ठाउँमा पनि राज्यले कुनै आपतकालीन व्यवस्था गरेको देखिएन । कमल शाहीले के गरौँ भन्दा मैले तीतेपातीका मुन्टा टिपेर मष्टो देउतालाई चढाएँ । अनि जसले सोधे पनि पहिरो आइरहेको ठाउँबाट हिडन मिल्छ भने । मष्टो देउताका कृपाले म, छोरी मन्नु र भतिजा कमलले माथिबाट ढुङ्गा झर्दा झर्दै बाटो काट्यौ तर हामीसँग गाडीमा आएका उर्जा चिकित्सक डीबी शाही, अभियन्ता मंगल शाही तथा नरेन्द्र, निराकार, नम्रता आदिले पहिरो छिचोल्न सकेनन् । त्यहाँबाट चर्को घाममा भोकभोकै ४ कि.मि. जति हिडेर हामी जीतेगडा पुग्यौँ । योगी नरहरिले कर्णाली र तिला नदी मिसिएको त्रिवेणी परेको त्यस स्थानलाई सप्तदीपका महाराज तथा मानव जातिका आदि पुर्खा मनुले विश्वभरका शासक तथा हजारौ ऋषिमुनी राखेर विश्वको पहिलो संविधान प्रदान गरेको इतिहासको आदि थलो भनी वर्णन गरेको स्थलमा हामी पुगेका थियौँ । जीतेगडा भन्दा पूर्व उत्तर तिलानदीको किनारमा अहिले सानो शिब मन्दिर बनाएको मैले टाढाबाट देखे । जीतेगडामा खाना खाएर त्यहाँ कर्णालीको झोलङ्गे पुल तरेर हाम्रो टोली झण्डै ५ कि.मि. सडक मार्गबाट रेगिलघाट पुग्यौं । बाटोमा हप्तौदेखि २ ठाउँमा पहिरोले सडकमा पारेको अवरोध हटाउने काम भएको थिएन र तत्काल हुने चालमाल पनि देखिएन । त्यस्तो बेवारिसे सडकमा पनि रेगिलबाट सान्नीगाडसम्म जीप चल्ने रहेछ । उक्त जीपमा हामी हानथाप गरेर चढ्यौं र लगभग ७ कि.मि. पर सान्नीगाडमा अर्कै जीपमा रास्कोट न.पा.तिर उकालो लाग्यौं । खापरमाँडुसम्म १२ जना यात्रुको लगभग ७ कि.मि.मा रु २ सय ५० प्रतिव्यक्ति भाडा तिरेर पुग्यौँ । त्यहाँभन्दा माथि बिजयपुर गाउँजान चालकले रु हजार माग्यो र म त्यो दिन तयार थिए तर त्यहाँ मेरा एक आफन्तले मिलाएर थोरैमा घर पुगियो । गाउँमा बसुञ्जेल निकै अध्ययन गर्ने मौका पाइयो ।
जोतिष जन्मदेव पण्डित, सिमनाथका धामी लोकेन्द्र शाही, पाल्सी शाही, पूजारी हरि धमाला, समाजसेवी हरसिंह बोगटी, राजनीतिज्ञ देवजंग शाही, पूर्ण शाही र देउराका पूजारी विष्णु धमाला आदिको सहयोगले रास्कोटको धार्मिक इतिहास अध्ययन गर्ने मौका पाइयो । खासगरि म सिमनाथ अर्थात शिवको सबभन्दा पुरानो मन्दिर र शिवले ब्रह्माण्डमाथि राज्य गरेको मौलाकोट दरबारको यात्रा गरेर त्यसबारे अध्ययन गर्न चाहन्थे र त्यो यसपटकको यात्रामा पूर्ण भयो । भदौ १९ मा पुजाइ र २० मा पैठ थियो । दुवै दिन धामीहरू पतुर्ने र दमाईहरूले ताण्डब ध्वनिका साथ दमाहा बजाएको हेर्ने अवसर मिल्यो । मैले १७ गते सिमनाथको मन्दिर जानु अघि छोरी मन्नुका साथ सिउनाकोटको डाँडो चढेर मौलाकोट दरबार गएर केही विशेष फोटोहरू लिन सफल भएँ । अघिल्लो दिनसम्म घनघोर बादल र वर्षा भैरहेकोमा मौलाकोट जाँदा मौषम सफा भयो । त्यहाँबाट माथि उपरकोट, टाक्स्या पश्चिममा मालिका र दक्षिणमा सान्नीका सुन्दर पाखाहरू मात्र होइन पूर्वका कर्णाली पारीका सिकुका पाखा, झर्ना र हिमचुली पर्वतको दर्शन प्राप्त भयो । अति सुन्दर रास्कोटको समग्र दर्शन पाइने मौलाकोट दरबारबाट तल सान्नीगाड सम्मका गाउँबस्तीहरू मात्र होइन विजयपुरको दहनिरको बढिमालिका मा.वि. को भवन र बजार पनि छर्लङ्ग देखियो । चारैतिर हेर्दै फोटो खिच्दै मौलाकोट दरबारबाट ब्रह्माण्डमाथि राजगर्ने शिव र ईन्द भगवान र पृथ्वीका राजा मष्टोदेवलाई मैले मनमनै स्मरण गरे र यात्रा सफल भएकोमा धन्यवाद दिए ।
No comments:
Post a Comment