Saturday, September 2, 2017

‘एनआरएनएलाई दीगो र समृद्ध राख्न कृष्ण पोखरेलकोे उम्मेदवारी अपरिहार्य’

 

न्यूयोर्कः एनआरएनए अमेरिकामा कुशल एवम् संगठनका दूरदर्शी भिजन राख्न सक्ने युवा व्यक्तित्वको खाँचो रहेको औल्याइ रहेका बेला कृष्ण पोखरेलको उम्मेद्वारीले सार्थकता पाउने भएको छ । उहाँको अध्यक्ष पद्को उम्मेद्वारीले युवा नेतृत्वमा प्रतिष्ठित संस्थाको बागडोर जाने र जसको कारण एनआरएनको गरिमा थप उचो बनाउन मद्धत मिल्ने विश्वास अमेरिका स्थित नेपालीहरूले लिएका छन् ।

नेतृत्व पद्मा संस्थाको भावना र मर्मलाई बुझेका अध्ययन र अनुभव दुबैमा निपूर्ण व्यक्तित्वको आवश्यकता पर्ने बुझाइ छ । एनआरएनए अमेरिकको वृद्धि विकास गर्न तथा संस्थालाई दीगो र समृद्ध राख्न कृष्ण पोखरेलको अध्यक्ष पद्को उम्मेदवारी अपरिहार्य ठानेका छन् ।
आप्रवासी नेपालीहरूको एक गौभान्वित साझा संस्था हो । हाम्रो होइन राम्रो व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने अठोटका साथ सबैलाई उत्प्रेरित गराउन सफल पोखरेल अमेरिकास्थित नेपालीहरुमाझ छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ ।
दृढ अठोट र उहाँको बौद्धिक क्षमतालाई आत्मसाथ गर्दै धेरै यहाँस्थित नेपालीहरूले नेतृत्व तहमा आउन सुझाव दिएकै कारण उहाँले अध्यक्ष पद्मा उम्मेद्वारी दिनु भएको हो । विद्यार्थी कालदेखिनै नेपाली कांगे्रसको नेतृत्वमा रहुन भएका पोखरेल हाल सामाजिक क्षेत्रमा पनि उत्तिकै स्थापित बन्नु भएको छ । एनआरएनए अमेरिकाको पूर्व महासचिव तथा हाल वरिष्ठ उपाध्यक्ष पद्मा रहनु भएको पोखरलेमा संस्थाभित्र देखिएका विभिन्न खाले विकृत तथा विसंगतिलाई चिर्दै सबल र सक्षम संस्था बनाउने क्षमता रहेको छ ।

अध्ययन र अनुभव दुबैमा निपूर्ण पोखेरेलले यसपटक एनआरएनको गरिमालाई थप उचो बनाउने उद्देश्यले एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको भएको हो । ‘हाम्रो होइन राम्रो व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने अठोटका साथ सबैलाई उत्प्रेरित गराउन सफल पोखरेल अमेरिकाबासी नेपालीहरूमाझ छुट्टै पहिचान बनाउन सफल हुनुहुन्छ ।राजनीतिको नाममा टुटफुट गर्नेहरुका विरुद्ध सतिशाल बनेर उभिनु भएका पोखरेलको यही दृढ अठोट र उहाँको बौद्धिक क्षमतालाई आत्मसाथ गर्दै यसपटक धेरै अमेरिकाबासी नेपालीले नेतृत्व तहमा आउन सुझाव दिएकै कारण उहाँले अध्यक्षमा उम्मेद्वारी दिनु भएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...