राष्ट्रपति ट्रम्प मेरो साथी भन्दै व्हाइट व्हाइट को बार हाम्फाल्ने मानिसलाई न्यायाधिस ले २ बर्षको लागि परीक्षणकालमा राख्ने निर्णय सुनाएका छन् l तर उनि कारागार भने नपरेको एनबिसी समाचारले उल्लेख गरेको छ l उनि गत मार्च १० तारिख शुक्रबार साँझ उनी राष्ट्रपति भवन नजिक रहेको बित्त बिभाग भवनको उत्तर पश्चिमको आँगनबाट बाट हाम्फालेका थिए ।उनलाई आज सेप्टेम्बर २५ तारिख सजाय सुनाईएको हो l
गत जुलाई महिनामा नै उनलाई दोषी ठहराईएको थियो l डोनाल्ड ट्रम्प लाई मेरो मित्र हुन् भन्दै बार हाम्फालेर भित्र पसेका क्यालिफोर्निया मिल्पी टासका २६ बर्षिय जोनाथन ट्रानले राष्ट्रपतिसँग भेटघाटको कार्यक्रम रहेको पनि दाबी गरेका थिए ।
व्हाइट हाउसका प्रहरीले अनुसन्धान गरे पछि उनी राष्ट्रपतिका साथी नभएकाे र कुनै भेटघाटकाे कार्यक्रम पनि तय नभएकाे पुष्टी भएकाे थियाे । गैरकानुनी रुपमा प्रवेश गरेको उनलार्इ पक्राउ गरी फाैजदारी मुद्दा दायर गरिएकाे थियो l
l उनि डीसी स्थित राष्ट्रपति भवन नजिक रहेको कोष भवनको उत्तर पश्चिम को आँगन बार बाट हाम फालेका थिए l जुन बेलामा उनि भित्र प्रवेश गरेका थिए त्यो समयमा राष्ट्रपति ट्रम्प व्हाइट हाउस मै रहेका थिए l
घटनापछि गुप्तचर बिभागले उत्तर तथा दक्षिण व्हाइट हाउसको घासे मैदानमा खोज गरि कुनै खतरा नभएको जनाएको थियाे । दोषी पाईएका ट्रानसँग दुईवटा छडी, अमेरिकन राहदानी, काखे सुसाङ्ख्य यन्त्र (ल्यापटप), ट्रम्प द्वारा लिखित पुस्तक तथा राष्ट्रपतिलाई लेखेको पत्र भेटिएकाे थियाे ।
घटना घटेकाे बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै भएकाे बताईएकाे थियो l उनी राष्ट्रपति भएपछि यस्ताे किसिमकाे याे पहिलो घटना हाे । यसअघि पनि छिटपुट रूपमा यस्ता घटना भएका थिए भनि समाचार समिति एपीले लेखेको छ l
No comments:
Post a Comment