Friday, September 22, 2017

चर्चित युवा गायक टंक बुढाथोकीको कसरी कसरी नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)

 

काठमाडौँ :  दशैंको पूर्व सन्ध्यामा गायक तथा संगीतकार टंक बुढाथोकीको कसरी कसरी नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 नेपालीहरुकोमहान चाड दशै नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा दशैका गीतहरु आउने क्रम ह्वात्तै बढेको छ।

 यसै क्रममा नेपाली साङ्गितिक बजारमा चर्चाकोशिखरमा रहेका युवा गायक तथा संगीतकार टंक बुढाथोकिले भने भिन्न प्रकृतिकको आफ्नो कोसेली लिएर आएका छन।

दशैमा आधारित गित  दसै आयो दशै आयो नामक गित बाट चर्चामा रहेका बुढाथोकी अहिलेको कसरी कसरी नामक गित राम्रो बनेको र सम्पुर्ण नेपालीलाइनचाउने सक्ने गित बनेको र सबैले मन पराउनेमा उनी ढुक्क छ्न।

पछिल्लो समयमा संगीत क्षेत्रमा चर्चामा आएका बुढाथोकी कुशल गायक, संगीतकार साथै एरेन्जरको रुपमा चिनिन्छन्।

काली तिम्रो नजरैले, सुन्तली घण्टीबज्यो मनको, म त बद्लिए, किन गाह्रो गाह्रो हुन्छ, तिम्ले बाटो फेरेउ अरे, मोबाइलको क्यामरामा, पुर्बकी होस या होस पश्चिमकि लगायत दर्जनौ चलचित्रकार आधुनिक हिट गीतहरु निकाली सकेका गायक बुढाथोकीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज शो हरुमा पनि आफ्नो कला र गला प्रस्तुत गर्दैदर्शकहरुको मन जित्न सफल भइसकेका छन् ।

बिगत १० बर्स देखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा लागि रहेका गायाकले अहिले सम्म १०० भन्दा बढी गितहरुमा स्वर तथा संगीत दिई सक्नु भएकोछ भने अहिले काठमाडौको पुतलीसडकमा आफ्नै स्टुडियो समेत चलाइरहनु भएको छ ।

 गायक बुढाथोकीको कसरी कसरी  नामक गीतमा शब्द, संगीत तथा स्वर स्वयं आफ्नो रहेको छ भने गायिका मेलिना राइले साथ दिएकी छ्न। भने म्यूजिकएरेन्जर टंक बुढाथोकिको रहेछ साथै गितको रेकर्डिङ काठमाडौको आफ्नै स्टुडियो नाएनमा गरिएको थियो।

 

उक्त म्युजिक भिडियोमा सुनिल क्षेत्री, सन्ध्या भट्टराई र नेपाली ठिटोको अभिनय तथा सुनिल क्षेत्रीको निर्देशन रहेको छ साथै सम्पादन तथा छायांकनमाक्रमशः बिकाश ज्ञावलि र टक केसि  रहेकाछन भने बिशेष सहयोगीको भुमिका भरत बुढाथोकी रहेको छ।

 म्युजिक भिडियोलाई फरसिन नेट्वोर्कले नेपालीसांगीतिक बजारमा ल्याएको हो।

भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...