Friday, September 22, 2017

दशैं तिहार रमाइलो साँझ -२०७४

सदाका वर्षहरुमा जस्तै यस बर्ष पनि आगामी अक्टोवर १३ मा Tempura Restaurant 10640 Cypress Creek Parkway, Houston Texas 77070 मा सिर्जनशील नेपाली समाज ह्युस्टन टेक्सासले  विजया दशमी तथा दीपावली २०७४ बिशेष रुपले मनाउनको लागि स्थानीय एवम् संस्थाका स्थापनाकाल देखि हाल सम्म योगदान पुर्याउदै आएका संस्थाका कलाकारका साथै यस पल्ट प्रख्यात हाँस्य कलाकार मनोज गजुरेल समेतको जोडदार  प्रस्तुति रहने हामी सबैको आफ्नै कार्यक्रम  “CNS दशैँ तिहार रमाइलो  साँझ- २०७४” बिशेष कार्यक्रम आयोजना गर्न लागेको हुनाले यहाँहरु सम्पूर्णलाई उक्त कार्यक्रममा सादर निमन्त्रणा गर्न चाहन्छौँ।

टिकट सिमित भएकोले यथाशिघ्र आफ्नो  स्थान सुरक्षित गर्नहुन समेत अनुरोध  छ।

उमापति भुसाल
अध्यक्ष
एवम्
समस्त CNS परिवार

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...