अमेरिकाको फ्लोरिडा राज्यमा आएको दुष्ट आंधी बेरी अझ समाप्त भएको छैन l यसको असर यस राज्यमा बसोबास गर्ने धेरै नेपालीहरु लाई पानि परेको छ र यस बाट बच्न सुरक्षित स्थान मा गएको जानकारी प्राप्त भएको छ l
वर्ग ४ को आंधी हुरी अनुमान गरेता पनि अहिले बिहान सोमबार सम्म ४ वर्ग बाट घटेर वर्ग १ मा पुगेको छ l तथापी बाढी फ्लोरिडा राज्यका मुख्य शहरमा पसेको छ l
फ्लोरिडा राज्यका गभर्नर ले सावधान अपनाउन र घर छोड्न चेतावनी दिएता पनि घर नछोडी जाने पनि रहेका छन् l यस बाट बच्न ६० लाखले घर छोडेका छन् भने हाल सम्म ५७ लाख मानिसहरु अन्धारमा रहेको समाचार सीएनएनले लेखेको छ l
अमेरिकाको सोमबार बिहानको ताजा समाचार अनुसार दक्षिण पश्चिम फ्लोरिडामा ४० लाख ग्राहकहरु अन्धकार मे अवस्थामा रहेको जनाएको छ l आर्मा नामक उक्त आंधी अहिले ७५ माइल प्रति घन्टाको गतिमा रहेको छ l फ्लोरिडा राज्यमा रहेका झन्डै डेढ लाख आश्रय स्थलहरु सबै भरि भराउ छन् l खचाखच भिड भएको कारण द्वार मै अर्को आश्रय स्थल खोज्न समेत सूचना टासिएको छ l
जमिन मा आर्मा नामक आंधी पुगे पछि कम्जोर हुदै वर्ग १ मा मात्र पुगे पछि अझ ठुलो क्षति हुन् बाट बचेको छ l
No comments:
Post a Comment