Monday, September 11, 2017

लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता ः मन्त्री थापा

काठमाडौँ, २६ भदौ । नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गर्नुभएको छ ।

उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सिफारिसमा मन्त्री बन्नुभएको हो । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा मुलुकको व्यापार घाटा कम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न र रुग्ण उद्योग सञ्चालनमा आफ्नो प्रयास जारी रहने बताउनुभयो ।

यसअघि थापाले विसं २०७३ साउन १९ गतेदेखि २०७४ जेठ २३ गतेसम्म वाणिज्य मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...