Monday, September 11, 2017

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस् ः मन्त्री पाण्डे

काठमाडौँ, २६ भदौ । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री पाण्डेले आफू जनप्रतिनिधि भएका कारणले मन्त्री बनेको भन्दै जनताको भावनालाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । “म झण्डा हल्लाउनका लागि मन्त्री बनेको होइन, तपार्इंहरुलाई सहयोग गर्नका लागि मन्त्री बनेको हुँ”, मन्त्री पाण्डेले भन्नुभयो ।

उहाँले वन तथा भू–जलाधार क्षेत्रमा देखिएको समस्या समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले ४४ प्रतिशत भू–भाग वनले ढाकेको मुलुकमा मलेसियाबाट काठ मगाउनु दुःखद कुरा भएको भन्दै अब स्वदेशमा उत्पादित काठ प्रयोग गर्न मन्त्रालयले आवश्यक वातावरण मिलाउने स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव प्रकाश माथेमाले ऊर्जा, कृषि, पर्यटनको मुख्य आधार वन क्षेत्र भएकाले यसको संरक्षण र सम्बद्र्धनमा मन्त्रालयले काम गरिरहेको मन्त्रीलाई अवगत गराउनुभयो ।

उहाँले देश समृद्धिमा वन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सचिव माथेमाले सम्पूर्ण कर्मचारीको तर्फबाट नवनियुक्त मन्त्री पाण्डेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...