Monday, September 18, 2017

पत्याउनु हुन्छ ? उल्टो रुख चढ्ने मान्छे ! (भिडियो हेर्नुहोस्)

 

रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् ।

भारतको हरियाणाका एक युवक उल्टो जिउ बनाएर रुख चढ्न सक्छन् । ३२ वर्षका मुकेश कुमार नामका युवकमा यस्तो अनौठो क्षमता रहेको छ । उनमा सानैदेखि रुख चढ्ने सौख थियो, अझ उल्टो बनेर रुख चढ्ने । अहिले उनी सजिलैसँग उल्टो बनेर रुख चढ्न सक्छन् । उनले १३ वर्षको उमेरदेखि उल्टो बनेर रुख चढ्न थालेका रहेछन् । पेसाले निर्माण मजदुर रहेका मुकेश सुरुमा उल्टो रुपमा चढ्दा २३ फुट मात्र चढ्न सक्थे । तर, उनले हार नमानी निरन्तर प्रयास गरिरहे । यसो गर्दा कैयौं पटक लडेर उनलाई चोट पनि लाग्यो ।  अहिले उनी ५० फुट अग्लो रुख ५ मिनेटमै उल्टो बनेर चढिसक्छन् । उनी उल्टो रुपमा रुख चढेर गिनिज बुकमा नाम लेखाउन चाहन्छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...