Tuesday, September 5, 2017

प्रधानमन्त्रीको प्रत्यक्ष चुनावको व्यवस्था हुनुपर्छ : डा लोहनी

काठमाडौँ, २० भदौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्न प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव गर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

पार्टीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा डा लोहनीले अहिलेको समानुपातिक व्यवस्थाबाट स्थायी सरकारको सम्भावना कम रहेको बताउँदै प्रतिनिधिसभाको चुनाव प्रत्यक्ष मतदाताका आधारमा हुनुपर्ने बताउनुभयो ।

माथिल्लो सदनमा मुलुकका सबै जाति र समुदायको प्रतिनिधित्व जनसङ्ख्याको अनुपातमा सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राज्यको विभिन्न तहमा भागबण्डाका आधारमा पद बाँड्ने प्रवृत्तिको विकास भएको छ, यसले भ्रष्टाचार मौलाएको छ, प्रतिस्पर्धाका आधारमा सक्षम व्यक्तिलाई उचित स्थान दिनुपर्छ ।”

भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग गर्नपर्नेलगायत माग गरी पार्टीले सरकारलाई दबाब दिने उद्देश्यले यही भदौ २१ देखि २३ गतेसम्म काठमाडौँ उपत्यकामा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...