Saturday, September 9, 2017

एनआरएन अमेरिकाको निर्वाचनमा २६ वर्षिय यूवा सहकोषध्यक्षमा विजय

ज्याक्शनहाईट । ०९ सेप्टेम्बर     एनआरएन एनसिसि अफ अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट २०१७ देखि २०१९ सम्मको कार्यकालको लागि डा.केशब पौडेलको अध्यक्षतामा चुनिएको कार्य समिती तथा सम्पुर्ण स्टेट च्याप्टरका निर्वाचित पदाधिकारीहरु मध्यबाट सबै भन्दा कान्छा उमेरका प्रतिनिधी हुनुहुन्छ पवन योन्जन कार्य समितिकोसहकोषाध्यक्षमा ५०८५ मतले बिजयी हुनुभएका समाज सेवी तथा युबा ब्यवसायी पवन योन्जन २०११ सेप्टेम्बरमा बिद्यार्थी भिजामा अमेरिकामा आउनुभएको हो । सन् १९९१ मा रामेछापको दोरम्बामा मध्यम बर्गिय परिबारमा जन्मीएका उहाँ सानै उमेर देखि काठमाडौं बानेश्वरमा बस्नुभएको थियो एसएलसी सम्मको पढाई ओसिडेण्ट पब्लिक स्कूल बाट सकिए पछि उहाँ ले प्लसटु को अध्यायन जेभियर्स कलेजबाट गर्नुभएको थियो । त्यस पछि भने उहाँलाई उच्च शिक्षाको अध्यायनले सन् २०११ अमेरिकामा डोरायो । हाल न्यूयोकको कुन्र्याईमा अण्डरग्रायाजुएड गर्ने प्रयास गर्दैगरेका योन्जन यूनिर्भरसिटीको डिग्रीमा खासै विश्वास गर्दैनन् पढाई भन्दा उद्यम शिलता लाई बढी प्राथमिकता दिनुहुने उहाँ शिक्षा त भोगाई हो र निरन्तर अभ्यासबाट सिकिने ज्ञानलाई शिक्षा हो भन्नेमा बिश्वास  गर्नुहुन्छ । हाल टेक्नोलोजि ब्यबसायका साथै निरन्तर समाज सेबामा सक्रिय भएर लागेका उहाँ आफैलाई नयाँ उद्यमी र सामाजिक अभियान्ता भन्न रुचाउनुहुन्छ । उहाँले सन् २०१४ देखि २०१६ सम्मको तामाङ्ग सोसाईटी अफ अमेरिकाको महासचिव भएर काम गरिसक्नुभएको छ ।

ब्यबसाय
उहाँले गर्नुभएको ब्यवसायको माध्यमले नेपालमा सजिलै बार्षिक अरबौको रेमिटान्स भित्रीरहेको छ । उहाँको विजनेस बिशेष गरेर मोबाईल एप्समा आधारित छ जसको माध्यामबाट नेपाल सजिलै पैसा पठाउन सकिने छ । त्यस्तै अर्को मोबाईल एप्सबाट लक्जरीएस गाडीहरु ट्याक्सी झै सजिलै चड्न सकिने छ जुन निमार्ण प्रकियामा रहेको छ । विभिन्न किसिमका संस्कृतिक कार्यक्रमहरुको आयोजना, नेपाली भाषा, कला, साहित्य, खेलकुद र संस्कृतिको जर्गेर्ना तथा प्रचार प्रसार गर्ने जस्ता सामाजिक गतिविधीहरु र विभिन्न किसिमका कार्यक्रमहरुको न्यूर्याेकमा आयोजना उहाँले सफलतापूर्वक सुसम्पन्न गर्नुभएको छ । जसको माध्यम बाट नेपाली र अमेरिकी जनता÷समुदायहरुबिच संस्कृति आदान प्रदानमा उहाँले ठूलो योगदान पुर्याउनुभएको छ । हालैका दिन देखि नै उहाँले न्यूयोकमा हरेक हप्ता शनिवार र आईतवार नेपाली चलचित्रहरुको ब्यबसायिक प्रर्दशनीको पनि सुरुवात गर्नुभएको छ जसको माध्यमबाट नेपाली चलचित्र र गित संगितको अन्र्तराष्ट्रिय ब्यापार विस्तारमा ठुलो योगदान मिल्ने छ ।
बिचार
उहाँ अगाडी भन्नुहुन्छ मलाई समाज सेवागर्न पाउनु र मानिसको माझ रहन मन पर्छ । नयाँ कामका योजनाहरु गरेर सबैको माया पाउने ईच्छा सधै हुन्छ । सानै उमेरमा बुबाआमा  परिवार समाज र देशको लागि जनप्रमुख भएर काम गरेको देखेर मलाई यस क्षेत्रमा ईच्छा लागेको हो ।  एनआरएन साझा  संस्था हो सधै साझा बनाउनेमा म अहोरात्र खट्ने छु बिशेष गरेर युवाको खासै झुकाब नरहेको यस संस्थामा युवा सहभागितालाई बढाउन जोड दिनेछु । अमेरिकामा रहेका नेपालीहरु तथा मातृभुमी नेपालको लागि सदैव रचनात्मक कार्य गर्दै आफुलाई सबैका सामु उदाहरणीय रुपमा प्रस्तुत गर्नेछु । यति मत ल्याएर जित्छु भन्ने सोचेको थिईन तर जित्छु भन्ने बिश्वास थियो । पक्कै पनि यति ठुलो चुनाव पहिलो पटक लडेको हो तर चुनावमा लड्दाको तनाब र तरिका पहिले नै भोगि सकेको थिए । सम्मानजनक मत पाउँदा खुसि लागेको छ । झन्डै चार पुस्ताले समाज र देशको लागि योगदान गरिसकेको छ ।  समुदायको लागि मर्दा र पर्दा सदा मेरो सहयोग र सद्धभाव रहनेछ । मेरा कमि कमजोरीमा म सधैंभरि आलोचनात्मक टिप्पणीको अपेक्षा गर्दछु ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...